अदालतको शरणमा पुगे र्‍यापर भिटेन « Khabarhub

अदालतको शरणमा पुगे र्‍यापर भिटेन


१८ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भिटेन उपनामले चिनिने र्‍यापर समिर लामा अदालतको शरणमा पुगेका छन् । उनको नयाँ गीतका बोलमा अपाच्य शब्द भएको भन्दै प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोको खोजीमा रहेका उनी अदालतको शरणमा पुगेका हुन् ।

भिटेनले प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोलाई विपक्षी बनाउदै उच्च अदालत पाटनमा १६ कात्तिकमा निशेधाज्ञा सम्बन्धि रिट निवेदन दर्ता गराएका थिए ।

पाटन उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासमा मंगलबार निवेदन उपरको सुनवाइ सकिएको छ ।

उनले केही दिन अघि सार्वजनिक गरेको नयाँ गीतमाथि छानबिन गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई निर्देशन दिएको थियो ।

पारा बोलको सो र्‍याप गीतमा प्रयोग भएका शब्द अश्लिल भएको पाइएपछि साइबर ब्यूरोले अनुसन्धान गरिरहेको थियो । प्रहरी प्रधान कार्यालयले १५ कात्तिकमा अनुसन्धान गर्न ब्युरोलाई पत्राचार गरेको थियो ।

भिटेनको पारा बोलको गीत उनले प्रहरी अनुसन्धान सुरु भएपछि युट्युबमा प्राइभेट गरेका छन् । उनको गीत नेपालमा ट्रेन्डिङमा थियो ।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  २ : ३६ बजे

कानुनविपरीत व्यापार व्यवसाय गरेको भन्दै दुई फर्मलाई जरिवाना

काठमाडौं– कानुनविपरीत व्यापार व्यवसाय गरेको अभियोगमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै : सभापति थापाको राजीनामा स्वीकृत होला ?

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्दै छ

अस्पतालजन्य हानिकारक फोहर व्यवस्थापन गर्न काठमाडौं महानगरको दुई करोड अनुदान

काठमाडौं– काठमाडौं महानगरपालिकाले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा हानिकारक अस्पतालजन्य

विभिन्न भागमा मौसम बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौं– हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको

इरानी ग्यास क्षेत्रमा इजरायलको आक्रमण: विश्वव्यापी सुरक्षा खतरा बढेको नेतान्याहुको दाबी

जेरुसेलम– इरानी ग्यास क्षेत्रलाई लक्षित गरी इजरायलले गरेको पछिल्लो आक्रमणपछि