काठमाडौं उपत्यकामा थपिए १४६८ कोरोना संक्रमित « Khabarhub

काठमाडौं उपत्यकामा थपिए १४६८ कोरोना संक्रमित


१८ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालले काठमाडौं उपत्यकामा  ६४९ जना महिला र ८१९ जना पुरुषमा कोरोना पुष्टि भएको जानकारी दिएको हो ।

जसमध्ये काठमाडौंमा १२४२, भक्तपुरमा ६३ र ललितपुरमा १६३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको मन्त्रालयले जानकारी दिएको हो ।

योसहित नेपालमा पछिल्लो २४ घण्टामा थप ३११४  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हालसम्म कोरोना संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ३१४२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ४१ हजार १३४ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २० जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १००४ पुगेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ५ : १४ बजे

मन्त्रालयले गर्‍यो मन्त्री खरेलको बिदाइ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजै राजीनामा दिएका सञ्चार

बागमती प्रदेशसभाका छ जना प्रदेशसभा सदस्यले दिए राजीनामा

बागमती– बागमती प्रदेशसभाका छ जना सदस्यले प्रदेशसभा सदस्यले पदबाट राजीनामा

रवि र बालेन एकसाथ उत्रिएको मधेशमा कस्तो छ रास्वपाको अवस्था ?

काठमाडौं- यो हिउँदको जाडो पानी नपर्दै सकिन लाग्दा चुनावी देशमा

बागलुङमा जिप दुर्घटना हुँदा पाँच जना घाइते

ढोरपाटन– ढोरपाटन नगरपालिका–५ सहीखोलामा आज दिउँसो गाडीखोलादेखि बुर्तिबाङ आउँदै गरेको