काठमाडौं उपत्यकामा थपिए १४६८ कोरोना संक्रमित « Khabarhub

काठमाडौं उपत्यकामा थपिए १४६८ कोरोना संक्रमित


१८ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालले काठमाडौं उपत्यकामा  ६४९ जना महिला र ८१९ जना पुरुषमा कोरोना पुष्टि भएको जानकारी दिएको हो ।

जसमध्ये काठमाडौंमा १२४२, भक्तपुरमा ६३ र ललितपुरमा १६३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको मन्त्रालयले जानकारी दिएको हो ।

योसहित नेपालमा पछिल्लो २४ घण्टामा थप ३११४  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हालसम्म कोरोना संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ३१४२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ४१ हजार १३४ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २० जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १००४ पुगेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ५ : १४ बजे

‘सबै जिल्लाका दलित परिवारलाई सामाजिक अन्तरघुलन गराउने प्रयास गर्छौँ’

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडग राज पौडेल (गनेस)ले

उत्तरपश्चिम पाकिस्तानमा प्रहरीको कारबाहीमा तीन आतंककारी मारिए

एजेन्सी– पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा काउन्टर टेररिज्म डिपार्टमेन्ट (सीटीडी)ले

यार्सागुम्बा र हिमाली जडीबुटी प्रवर्द्धनमा सरकारको पहल

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यार्सागुम्बासहित हिमाली जडीबुटीको

इरानले फेरि स्ट्रेट अफ होर्मुज बन्द गर्न सक्ने आशंका

एजेन्सी– अमेरिकी गुप्तचर एजेन्सीहरूको मूल्यांकन  प्रतिवेदन अनुसार इरानले युद्ध पछि

अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

झापा– मेचीनगर नगरपालिका-६ काँकरभिट्टा बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ