कोरोना बीमाको दाबी भुक्तानी ७ दिनभित्र गर्न अर्थ मन्त्रालयको निर्देशन « Khabarhub

कोरोना बीमाको दाबी भुक्तानी ७ दिनभित्र गर्न अर्थ मन्त्रालयको निर्देशन


१८ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्थ मन्त्रालयले बीमा समितिबाट जारी भएका कोरोना बीमा लेख बमोजिमको दाबी गरेका बिमितहरुको बीमांक रकम एक हप्ताभित्र भुक्तानी गर्न निर्देशन दिएको छ ।

कोरोना बीमा दाबी गरेका बिमितहरुको पीसीआर परीक्षण प्रतिवेदन पोजिटिभ प्रमाण भएपछि बीमालेख अनुसार दिनुपर्ने रकम सबै बिमितहरुलाई सम्बन्धित बीमा कम्पनीले एक हप्ताभित्र भुक्तानी दिन मन्त्रालयले निर्देशन दिएको हो ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मन्त्रालयमा बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाई‌ं, बिमक संघका अध्यक्ष दीपप्रकाश पाण्डे लगायतसँग छलफल गरी एक हप्ताभित्र भुक्तानी दिने व्यवस्थालाई कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।

सो कार्यको समन्वय र अनुगमन बीमा समितिले गरी दाबी भुक्तानीको दैनिक प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउने निर्णय पनि भएकाे छ।

यस्तै कोरोना बीमाको दावी भुक्तानी कार्यमा सेवाग्राहीबाट आएका गुनासाको सुनुवाई गरी समस्या समाधानका लागि सम्बन्धित बीमा कम्पनीलाई निर्देशन दिन हटलाइन टेलिफोन सहितको हेल्प डेक्स सञ्‍चालन गर्ने व्यवस्था बीमा समितिले तत्काल मिलाउने निर्णय पनि भएको छ।

बिमक संघका अध्यक्ष दिपप्रकाश पाण्डेका अनुसार आवेदनका साथ पूर्ण रुपमा कागजात पत्र नपुगेका कारण धेरैलाई दावी भुक्तानी हुन नसकेको जानकारी दिए ।

हाल संक्रमित भएका करिब १४ हजारले बीमा रकमका लागि दावी गरेका छन्। तर तीमध्ये २ हजार ३ सयको मात्रै पूर्ण रुपमा प्रक्रिया पुगेको पाण्डेले बताए।

हालसम्म १ हजार ७ सय संक्रमितले बीमा रकम प्राप्त गरेको उनले बताए।

समयमै कोरोना बीमाको भुक्तानी नपाएका बीमितको गुनासोपछि अर्थमन्त्री पौडेलले यसबारे चासो लिएका हुन्।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ७ : १६ बजे

सुस्त सुरुवात, १० करोडको छलाङ, ‘पेन्सन पट्टा’ बन्यो वर्षकै दोस्रो ठूलो कमाइ गर्ने फिल्म

काठमाडौँ – दयाहाङ राई अभिनीत नेपाली फिल्म ‘पेन्सन पट्टा’ले बक्सअफिसमा १०

‘मासु खाँदा हड्डी अड्किए तुरुन्त अस्पताल जानुपर्छ’

काठमाडौँ-  दसैँमा चिल्लो, पिरो र अमिलो खानेकुराको सेवन बढ्दा घाँटीमा

टाइगर श्राफमाथि गोली प्रहारको जिम्मा अनिल पण्डितले लिए, सलमानलाई पनि धम्की

काठमाडौँ – बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा भएको गोली प्रहारको

काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

काठमाडौँ– सशस्त्र प्रहरी बलले बडादसैँका अवसरमा काठमाडौँ उपत्यकाभित्र सर्वसाधारणको आवतजावतलाई सहज

१६ वर्ष पुरानो मुद्दामा राखी सावन्तविरुद्ध गैरजमानती वारेन्ट, पक्राउ गर्न अदालतको आदेश

काठमाडौँ – बलिउड अभिनेत्री राखी सावन्तविरुद्ध भारतको झाँसीस्थित अदालतले गैरजमानती