एनएमबी बैंक “दि बैंकर्स बैंक अफ दि इयर २०२०” बाट सम्मानित « Khabarhub

एनएमबी बैंक “दि बैंकर्स बैंक अफ दि इयर २०२०” बाट सम्मानित


१८ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एनएमबी बैंकलाई दि फाइनान्सियल टाइम्स् लण्डनले वर्ष २०२० का लागि नेपालकै सर्वोत्कृष्ट बैंकको रुपमा “दि बैंकर्स बैंक अफ दि इयर २०२०” बाट सम्मानित गरेको छ । सो सम्मान उक्त कम्पनीले विगत चार वर्षमा तेस्रो पटक प्राप्त गरेको हो ।

कम्पनीले आफूलाई सबल तथा मजबुत बनाउन आफ्नो वासलातलाई सन्तुलित आकारमा विस्तार गर्दै देशका विभिन्न शहर तथा ग्रामिण भेगहरुमा शाखा सञ्चालनगरि १२ लाखभन्दा बढी ग्राहकहरुलाई बैंकिङ्ग सेवा दिंदै आइरहेको छ ।

यसै क्रममा कम्पनीले कर्जा लगानीलाई प्राथमिक क्षेत्रहरु जस्तै नवीकरणीय उर्जा, कृषि, साना तथा मझौला व्यवसायहरुमा उल्लेख्य वृद्धि गर्दै नेपालको आर्थिक उन्नतिको सहयात्री बनेर आफूलाई फरक मूलधारको बैंकको रुपमा स्थापना गर्न सफल भएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा बैंक अफ दि इयर उपाधिले विश्वव्यापी रुपमा उत्कृष्टतालाई परिभाषित गर्दछ । यसकाविजेताहरुलाई बैंकको वित्तीयक्षमताप्रदर्शन, शेयरधनीलाई दिइने प्रतिफल, ग्राहकहरुको हितकालागि गरिने पहलहरु जस्ता विभिन्न मापदण्डहरुबाट मूल्यांकन गरिने उल्लेख छ ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार  ९ : ०९ बजे

हस्तकलामार्फत रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले हस्तकला क्षेत्रको संरक्षण, प्रवर्द्धन, रोजगारी सिर्जना तथा

नतिजामुखी भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय र मातहतका

कलाकार नारद खतिवडा ठगी अरोपमा पक्राउ, ७२ लाखको डिल

काठमाडौं – हाँस्य कलाकार नारद खतिवडा ठगीको आरोपमा पक्राउ परेका

श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन

काठमाडौं- श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिक तथा पीडितले दिएका

हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय

ब्राउनाउ आम इन (अस्ट्रिया)- नाजी नेता एडोल्फ हिटलरको जन्मस्थललाई चरम