बालिका बलात्कारका अभियुक्त यादवलाई  १० वर्ष कैद | Khabarhub Khabarhub

बालिका बलात्कारका अभियुक्त यादवलाई  १० वर्ष कैद


१८ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजविराज– गाईवस्तु चराउन गएकी बालिकालाई बलात्कार गर्ने एक अभियुक्तलाई १० वर्ष कैद सजाय भएको छ।

सप्तरी जिल्ला अदालतले सप्तरीको डाक्नेश्वरी नगरपालिका–८ गम्हरिया प्रवाहाका २२ वर्षीय अशोककुमार यादवलाई १० वर्ष कैद सजाय सुनाएको हो।

अदालतको आदेशमा यादव २०७६ जेठ २६ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन्।

जिल्ला न्यायाधीश रीताकुमारी बख्रेलको इजलाशले यादवलाई १० वर्ष कैद सजायको फैसला गर्नुका साथै ३० हजार क्षतिपूर्ति भराउन फैसला गरेको हो ।

गाईवस्तु चराई घर फर्कने क्रममा पीडित २०७६ जेठ १ गते साँझ बलात्कृत भएकी थिइन्। आरोपितले नियन्त्रणमा लिई बलात्कार गरेको भन्दै पीडितले इलाका प्रहरी कार्यालय कल्याणपुरमा उजुरी दिएपछि आरोपित २०७६ जेठ ४ गते पक्राउ परेका थिए।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार  १० : १८ बजे

कर्णालीमा सरकार विस्तार, को-को बने मन्त्री ?

सुर्खेत– कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले सरकार विस्तार गरेका छन् ।

जुत्ता सिलाएर हातमुख जोर्नेको व्यथा- ‘अरूको जुत्ता टल्कियो, आफ्नो भाग्य घर्कियो’ 

नेपालमा विदेशिनेको ओइरो छ । बाध्यतावश होस् या रहरले नै

लगानी सम्मेलनको प्रभाव, एकै दिन २५.९३ अंकले बढ्यो नेप्से 

काठमाडौं– सरकारले गरेको लगानी सम्मेलनको प्रभावले नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा

तेल अविवमा गर्मीले तोड्यो ८५ वर्षको रेकर्ड

इजराइल– मुलुक प्रचण्ड गर्मीले तातेका बेला इजराइल मौसम विज्ञान सेवा