विकास निर्माणमा राजनीति हैन, प्रतिस्पर्धा गरौँ : नेता पौडेल « Khabarhub

विकास निर्माणमा राजनीति हैन, प्रतिस्पर्धा गरौँ : नेता पौडेल


१८ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकास निर्माणका काममा अनावश्यक राजनीति नगरी प्रतिस्पर्धा गर्न आग्रह गरेका छन् ।

तनहुँको व्यास नगरपालिका–१ र १० जोड्ने बुल्दीखोलामाथि निर्माण भएको पक्की पुलको आज उद्घाटन गर्दै वरिष्ठ नेता पौडेलले कांग्रेस सत्तामा नभए पनि विकास निर्माणका लागि प्रतिबद्ध रहेको जनाए ।

उनले भ्रष्टाचारको अन्त्य र सुशासनका लागि सङ्घर्ष गर्नुपर्नेमा पनि जोड दिए ।

कांग्रेस र देशका लागि तनहुँले सधैँ वैचारिक नेतृत्व गरेकाले अझै पनि त्यसका लागि तनहुँ सक्षम रहेको पौडेलको भनाइ थियो ।

बुधबार पुलको उद्घाटन गर्न जाने क्रममा प्रहरीले दमन गरेको उनले आरोप लगाए ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले गत निर्वाचनमा भएको हारको समीक्षा गर्दै आफूलाई सच्याएर अबको चुनावका लागि तयारी गर्नुपर्नेमा जोड दिए ।

पार्टी केन्द्रीय सदस्य गोविन्द भट्टराईले पार्टीलाई एक ढिक्का बनाउनु अहिलेको आवश्यकता रहेको बताए । केन्द्रीय सदस्य प्रदीप पौडेलले नेपालमा अझै पनि राजनीतिक संस्कारको विकास हुन आवश्यक रहेको बताए ।

कार्यक्रममा कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य धु्रव वाग्ले, गण्डकी प्रदेशसभा सदस्य कृष्णचन्द्र नेपाली, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेलगायतले विकासका विषयमा कांग्रेस प्रतिबद्ध रहेको जनाए ।

विसं २०७३ वैशाखमा शुरु भएको ४५ मिटर लामो पुल २०७५ कात्तिक ९ गते निर्माण सम्पन्न भएको हो । तत्कालीन जिल्ला विकास समितिमार्फत रु दुई करोड ५४ लाखमा निर्माण भएको पुलले रानीगाउँ, डिहीगाउँ, शेवर, दुम्सीचौर, दुम्सीकोट, निर्बु, बराहखोला, अँधेरीभञ्ज्याङ, पोखरेलफाँटलगायतका बासिन्दालाई प्रत्यक्ष फाइदा पुगेको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष खड्गबहादुर अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार  ६ : ४९ बजे

साउदी राजधानी रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अवरूद्ध

रियाद- साउदी अरबको राजधानी रियादको अन्तर्राष्ट्रिय विमानस्थल नजिक शनिबार कालो

सुनसरीको देवानगञ्जमा गोली चल्दा घाइते भएका यादवको विराटनगरमा उपचार जारी

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिकामा गोली चल्दा एक जना घाइते भएका

संविधान दिवसका अवसरमा साइकल र्‍याली

काठमाडौं- संविधान दिवसको अवसर पारेर बाढीपहिरो प्रभावितको सहयोग तथा वातावरण

अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

काठमाडौं- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायीलाई

एनपीएलको खेल तालिका सार्वजनिक

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको