मुकेश हत्या आरोपमा पक्राउ परेका २ जना जेल चलान « Khabarhub

मुकेश हत्या आरोपमा पक्राउ परेका २ जना जेल चलान


१८ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्सा विन्दवासीनी गाउँ कमिटी सचिव मुकेश चौरसियाको हत्या आरोपमा पक्राउ परेका ५ अभियुक्तमध्ये २ जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ।

२ जनालाई भने जनही २/२ लाख नगद धरौटीमा छोडिएको छ। अर्का १७ वर्षीय बालक सवेद्दिन राउत गद्दीलाई भने घटनामा सम्लग्न भएको पुष्टि नपुगेपछि सामान्य तारेखमा आफन्तको जिम्मा लगाइएको पर्सा जिल्ला अदालतले जनाएको हो।

पुर्पक्षका लागि जेल चलान हुनेहरुमा स्थानीय अश्वेस्वर भन्ने अखलेश चौरसिया, उत्तम भनिने निरन्जन तिवारी रहेको पर्सा जिल्ला अदालतका श्रेस्तेदार कृष्ण प्रसाद अधिकारीले जानकारी दिए ।

हनिफ मिया जोलाहा र देवा सहनी मलाहा भने जनही दुई/दुई लाख धरौटीमा रिहा भएका छन् ।

पर्सा जिल्ला न्यायधीश नारायण प्रसाद शर्माको इजलासमा बुधबार सकिएको थुनछेक बहसपछि मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ बमोजिम चौरसिया र तिवारीलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश भएको हो।

पर्साको विन्दवासीनी गाउँपालिकामा गएको कार्तिक ६ गते नेकपाको गाउँ कमिटीको शपथ कार्यक्रममा पार्टीकै कार्यकर्ताबीच झडप हुँदा गाउँ कमिटीका सचिव मुकेश चौरसियाको उपचारका क्रममा घटनाको भोलिपल्ट निधन भएको थियो।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार  ८ : ०८ बजे

प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष

काठमाडौं– प्रकृति र पर्यावरण संरक्षणका क्षेत्रमा नेपाली सेनाको सहभागिता, उपलब्धि

डिजिटल युगमा पत्रकारिता र मिथ्या सूचनासम्बन्धी पुस्तक सार्वजनिक

काठमाडौं– डिजिटल युगमा पत्रकारिता, मिथ्या सूचना र तथ्यजाँचसम्बन्धी तीनवटा पुस्तक

ओलीको टिप्पणीमा गोकुलको जवाफ : पूर्वाग्रह र प्रतिशोध प्रजातान्त्रिक चरित्र होइन 

काठमाडौं– नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टी अध्यक्ष केपी शर्मा

हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित

बैतडी– भारी हिमपातका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका राजमार्ग अवरुद्ध

पर्यटकीय गन्तव्य चखेवा भञ्ज्याङ (तस्बिरहरू)

भोजपुर– खोटाङ र भोजपुरको सीमा क्षेत्रमा अवस्थित भोजपुर टेम्केमैयुङ गाउँपालिकाको