ओलीपछि अध्यक्ष ‘प्रचण्ड’ले पनि भेटे राष्ट्रपतिलाई « Khabarhub

ओलीपछि अध्यक्ष ‘प्रचण्ड’ले पनि भेटे राष्ट्रपतिलाई


१८ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको विवाद ‘उत्कर्ष’मा पुगेका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् ।

बिहीबार बिहान पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाएर छलफल गरेकी राष्ट्रपति विद्यादेवी भण्डारीले विहीबार साँझ ‘प्रचण्ड’सँग भेटवार्ता गरेको शितल निवास स्रोतले जानकारी दिएको हो ।

नेकपाको विवाद ‘चरम उत्कर्ष’मा पुगेका बेला प्रचण्डले राष्ट्रपति भण्डारी भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

नेकपाभित्र आन्तरिक संकट गहिरिँदै गएपछि राष्ट्रपति भण्डारीले पुन: भेटघाट थालेकी छन् ।

बुधवारको सचिवालय बैठकमा ओली सहभागी नभएपछि स्थायी कमिटी बैठक तीन दिन पछाडि सारेर अनौपचारिक छलफल अगाडि बढाउने निर्णय भएको थियो ।

त्यसको अर्को दिन पार्टीका दुवै अध्यक्षले राष्ट्रपति भण्डारीसँग भेटघाट गरेका हुन् ।

मन्त्रिपरिषद् बैठक अगाडि बिहान प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले शितलनिवास पुगेर राष्ट्रिपति भण्डारीसँग झन्डै दुई घण्टा लामो छलफल गरेका थिए ।

छलफलको विषयबस्तुबारे शितलनिवास र बालुवाटारबाट केही बताइएको छैन ।

त्यसैगरी अर्का अध्यक्ष दाहालसँगको भेटमा भएका कुराकानीबारे औपचारिक जानकारी दिइएको छैन ।

गत कात्तिक १८ मा नेकपा विवाद चर्किएको बेला नेकपा उपाध्यक्ष वामदेव गौतमले राष्ट्रपतिसँग भेटेका थिए । भेटपछि गौतमले पार्टी एकता बचाउन राष्ट्रपतिले आग्रह गरेको र आफूले सकारात्मक जवाफ दिएको बताएका थिए ।

नेकपा विवादमा राष्ट्रपति भण्डारीको चासो र समाधानमा देखाएको सक्रियतालाई लिएर उनको आलोचनासमेत हुँदै आएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार  ७ : ५० बजे

दक्षिण एसियाली ब्याडमिन्टनमा नेपाली खेलाडी प्रिन्सलाई दोहोरो स्वर्ण

काठमाडौं – पाकिस्तानमा सम्पन्न ‘ब्याडमिन्टन एसिया-साउथ एसिया रिजनल च्याम्पियनसिप २०२६’को

निजी विद्यालयले गैरकानुनी शुल्क फिर्ता नगरे कारबाही हुने

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रचलित कानुन तथा

सरकारले यसअघि जेन-जी युवासँग गरेको १० बुँदे सम्झौता पालना गर्नपर्छ : सांसद खरेल

काठमाडौं– रास्वपा सांसद जगदीश खरेलले जेन-जी युवाहरूसँग यसअघिको सरकारले गरेको

पहिलो सहकार्यको फिल्म रिलिज नभइ अर्कोमा पुष्प-पूजाको जोडी पक्का

काठमाडौं – एक्सन जनारामा बन्न लागेको फिल्म ‘एक्का तीन’मा नायक

विश्वभर तनाव बढिरहँदा चीनमा भएको एउटा दुर्लभ भ्रमण

बेइजिङ- ताइवानकी मुख्य विपक्षी दल कुमिन्ताङ (केएमटी) का अध्यक्ष चेङ