कोभिडको असर रहँदासम्म मौद्रिक नीति लचिलो रहन्छ : गभर्नर अधिकारी « Khabarhub

कोभिडको असर रहँदासम्म मौद्रिक नीति लचिलो रहन्छ : गभर्नर अधिकारी


१८ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–कोभिड–१९ को असर कायम रहँदासम्म नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिलाई थप लचिलो बनाउने भएको छ ।

चालू आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षापछि आज आयोजित पत्रकार सम्मेलनमा गभर्नर महाप्रसाद अधिकारीले भने, “कोभिडको असर रहँदासम्म मौद्रिक उपकरण तथा नीति लचिलो नै हुन्छ ।”

उनले सरकारले राखेको आर्थिक वृद्धिको लक्ष्य तथा समग्र अर्थतन्त्रको अवस्थालाई हेरेर लचिलो नीति नै रहने जानकारी दिए ।

उनले बैंक तथा वित्तीय संस्थामा तरलता राम्रो तथा लगानीकर्ताको मनोबल पनि बढ्दै गएको उल्लेख गरे ।

यस्तै कर्जाको ब्याज घट्दा लगानीकर्तालाई राहत भएको भए पनि निक्षेपको व्याजदर कम हुँदा त्यसबाट आश्रित वर्ग तथा समुदायमा थप असर पर्ने भएकाले केन्द्रीय बैंकले आवश्यक व्यवस्था गरेको गभर्नर अधिकारीले जानकारी दिए ।

उनले ब्याजदरका सन्दर्भमा कार्यदिशा तय गरिएको एवं मौद्रिक विस्तार गर्दै आन्तरिक राष्ट्रिय उत्पादनलाई बढावा दिने तथा रोजगारी सिर्जना गर्ने एवं उद्यमशीलता बढाउनसमेत आफूहरु क्रियाशील रहेको बताए ।

सरकारले चालू आवमा राखेको आर्थिक वृद्धिको लक्ष्यलाई सहयोग पु¥याउने गरी नै पहिलो त्रैमासिक समीक्षा गरिएको गभर्नर अधिकारीको भनाइ छ । उनले बैंक तथा वित्तीय संस्थालाई सबल बनाउने एवं थप सतर्क रहँदै जोखिम आउन नदिने हिसाबले राष्ट्रबैंक अगाडि बढेको बताए ।

उनले भने, “मौद्रिक नीतिमार्फत तय भएका कार्यदिशामा अर्थतन्त्रको अहिलेको अवस्थालाई दृष्टिगत गरेर मौद्रिक विस्तारमा मूल्य र बाह्य क्षेत्रको स्थायित्वमा थप दबाब सिर्जना हुन नदिने गरी आवश्यक तयारी गरिएको छ ।”

बैंक तथा वित्त संस्थामा रहेको स्रोतको उपलब्धतालाई सहजीकरण गर्न मौद्रिक नीतिले तय गरेका कार्यभारलाई निरन्तरता दिँदै आर्थिक वृद्धिमा सहयोग पु¥याउने नै पहिलो त्रैमासिकको समीक्षा रहेको उनको भनाइ छ ।

वित्तीय सहजीकरणका लागि राष्ट्र बैंकले हालसम्म नियामकीय उपाय अपनाएको तथा वित्तीय स्थायित्वमा जोखिम आउन नदिन थप सजग रहँदै केन्द्रीय बैंकको सुपरीवेक्षण र नियामकीय भूमिकालाई थप सशक्त बनाइने उनले पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार  ९ : ०८ बजे

निर्वाचनमा सहज मतदान गर्ने व्यवस्थाका लागि सरकार गम्भीर : महिलामन्त्री श्रेष्ठ

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले निर्वाचनमा सहज

बोन्डीबीच गोलीकाण्डका आरोपी अदालतमा

एजेन्सी– अस्ट्रेलियाको सिड्नीस्थित बोन्डी बिचमा आयोजित यहूदी पर्वका क्रममा भएको

जेन-जी आन्दोलनमा लुटिएको पेस्तोल र गोली बरामद

झापा– जेन-जी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएका एक

फेरि पनि व्यवस्था विरोधी प्रचार गरेर मत माग्दै उम्मेदवारहरू

काठमाडौं– विशेषगरी राजनीतिक दलका नेतृत्वले राज्यलाई सुशासनमुखी ढंगले सञ्चालन नगरेको

गाजाका लागि पाँच अर्ब डलर सहयोग गर्ने ट्रम्पको प्रतिबद्धता

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नव गठित शान्ति बोर्डले गाजाका