चिनियाँ रक्षामन्त्रीको भ्रमण ‘नेपाल-चीन’बीचको द्विपक्षीय मामिला हो : भारत « Khabarhub

चिनियाँ रक्षामन्त्रीको भ्रमण ‘नेपाल-चीन’बीचको द्विपक्षीय मामिला हो : भारत


१८ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चिनियाँ स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङको नेपाल भ्रमण द्विपक्षीय मामिला भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ।

भारतीय विदेश मन्त्रालयले आयोजना गर्ने साप्ताहिक पत्रकार सम्मेलनमा पत्रकारहरुले वेई फेङको नेपाल र पाकिस्तान भ्रमणको बारेमा भारतीय सरकारको धारणा मागेका थिए।

‘भ्रमणको विषयमा म कुनै टिप्पणी गर्न चाहान्नँ। यो द्विपक्षीय विषय हो,’ मन्त्रालयका प्रवक्ता अनुरा श्रीवास्तवले भने।

चीनका रक्षामन्त्री वेइ आइतबार एक दिने भ्रमणको क्रममा नेपाल आएका थिए।

भारतीयका पूर्वकूटनीतिज्ञहरुले रक्षामन्त्री वेईको भ्रमणलाई लिएर नेपालले भारतीय संवेदनशीलतालाई बुझ्न नसकेको टिप्पणी गरेका थिए। नेपालपछि उनले पाकिस्तानको पनि भ्रमण गरेका थिए ।

यसैगरी भारतको विदेश मन्त्रालयले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई नेपाल भारत संयुक्त आयोगको बैठक अध्यक्षता गर्न निम्त्याएको जनाएको छ।

‘नेपाल भ्रमणमा गएका भारतीय विदेश सचिव हर्षवर्द्धन शृंगलाले नेपालका परराष्ट्रमन्त्रीलाई विदेशमन्त्रीको संयुक्त आयोगको बैठकको अध्यक्षता गर्नका लागि निमन्त्रणा गर्नु भएको छ,’ श्रीवास्तवले भने, ‘मितिको विषयमा दुवै पक्षबीच छलफल भइसको छ।’

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार  ९ : २० बजे

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

भद्रपुर– बाह्रदशी गाउँपालिका–३ रामनगरस्थित हुलाकी सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जना

स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टोली (तस्बिरहरू)

काठमाडौं– आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेलेर नेपाली राष्ट्रिय

देवानगञ्ज घटनाबारे राष्ट्रपति पौडेल र प्रथम राष्ट्रपति यादवबीच संवाद

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका कप्तानगञ्जसहित तराई-मधेसका विभिन्न

पोल्ट्री व्यवसायीलाई प्रशिक्षण

चितवन– पोल्ट्री व्यवसायीलाई वातावरणीय मूल्यांकन, व्यवस्थापन तथा अनुपालनसम्बन्धी प्रशिक्षण प्रदान

गृहमन्त्री जाने भएपछि सिराहामा तनाव, सुरक्षाकर्मीको गाडी घेराउ (तस्बिरहरू)

सिराहा– सिराहाको गोलबजारमा प्रदर्शनको क्रममा गोली लागेर मृत्यु भएका बालकको घरअगाडि