भौतिक पूर्वाधारमा गत वर्षभन्दा राम्रो प्रगति भएको मन्त्री नेम्बाङको दाबी | Khabarhub Khabarhub

भौतिक पूर्वाधारमा गत वर्षभन्दा राम्रो प्रगति भएको मन्त्री नेम्बाङको दाबी


१८ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले मन्त्रालयमा तुलनात्मकरुपमा गत वर्षभन्दा राम्रो प्रगति देखिएको बताएका छन् ।

आर्थिक वर्ष २०७७/७८ को पहिले चौमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति बैठकमा उनले मातहतका निकायलाई अहिले नै सन्तोष हुन सकिने अवस्था नरहेको भन्दै अझै धेरै गर्न सकिने औँल्याए ।

मन्त्री नेम्वाङले विकास निर्माणमा देखिएका समस्या मिहिनरुपमा पहिचान गर्न सकिए समाधान त्यही भेटिने बताए । उनका अनुसार समस्याको सहीरुपमा उजागर हुन नसके समाधान गर्न सकिँदैन । उनले भौतिक पूर्वाधार मुलुकको आर्थिक विकाससँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै यस क्षेत्रमा ठूलो बजेट हुनु र खर्चको अपेक्षा गरिनु स्वाभाविक रहेको बताए । उनले पूर्वाधार निर्माणका क्षेत्रमा विगत एक दशकमा ठूलो परिवर्तन भएको पनि जिकिर गरे ।

राज्य र जनताका अपेक्षा धेरै भएकाले राज्यको जिम्मेवार निकायमा बसेकाले आफूले कति गरेको छु भनी स्वमूल्याङ्कन गर्नुपर्ने उनको भनाइ छ । समयानुसार विकासको माग र मोडेल फरक हुने उनले बताए । उनले भने, “हिजो जनताको माग सडक कालोपत्र गर्ने थियो, आज छ लेनको सडक अनि पहाडमा सुरुङको आवश्यकता भएको छ ।”

सो अवसरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलले भौतिक पूर्वाधार क्षेत्र महत्वपूर्ण क्षेत्र भएको बताए । भौतिक पूर्वाधार मन्त्रालय स्थलगतरुपमा काम गर्ने मन्त्रालय भएको र सोहीअनुसार काम पनि गरिरहेको उनले जनाए । मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले मातहतका निकायलाई थप लगनशीलताका साथ काम गर्न निर्देशन दिए । उनले आयोजना प्रमुखलाई कार्यस्थलमा समय दिन समेत आग्रह गरे ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार  ११ : ०५ बजे

प्रचण्ड, विप्लव र माधवबीचको एकता फेरि ‘टाइँटाइँ फिस’

काठमाडौं– पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको एकीकृत नेपाल कम्युनिस्ट पार्टी

अदालतको आदेश उल्लङ्घन गरेपछि ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारो नजरबन्दमा

एजेन्सी – ब्राजिलको सर्वोच्च अदालतका न्यायाधीशले पूर्वराष्ट्रपति जायर बोल्सोनारोलाई सामाजिक

प्रधानमन्त्रीले भने- भूपरिवेष्ठित मुलुकका लागि कनेक्टिभिटी नै न्याय हो

आवाजा (तुर्कमेनिस्तान)– प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्ठित मुलुकका लागि कनेक्टिभिटी

पहिराले अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा

तानसेन– अविरल वर्षाका कारण अवरुद्ध बनेको सिद्धार्थ राजमार्गअन्तर्गतको पाल्पा–बुटवल सडकखण्ड