कानून नहुँदा प्रदेश लोकसेवा आयोग गठन भएन « Khabarhub

कानून नहुँदा प्रदेश लोकसेवा आयोग गठन भएन


१९ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कानून अभावमा प्रदेश लोकसेवा आयोग गठन गर्न समस्या भएको छ । गठन भएका आयोगले पनि काम गर्न सकेका छैनन् ।

प्रदेश २, ३, ५ र गण्डकी प्रदेशमा लोक सेवा आयोग गठन भयो तापनि कार्यान्वयन भने हुनसकेको छैन ।

त्यस्तै प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने प्रदेश लोक सेवा आयोग गठन भएका छैनन् । प्रदेश लोक सेवा आयोग गठनको अभावमा सङ्घीयता कार्यान्वयनमा नै ढिलाइ हुँदै गएको छ ।

संविधानको धारा २४४ मा प्रदेश लोक सेवा आयोग गठन गरी प्रदेश निजामती सेवा, स्थानीय तह, प्रदेश प्रहरी सेवा अन्य सरकारी सेवा, प्रदेश सङ्गठित संस्थाको सेवा, स्थानीय तहको सङ्गठित संस्था, प्रदेश अनुसन्धान ब्युरो लगायतका क्षेत्रमा पदपूर्ति गर्न प्रदेश लोक सेवा आयोगले कर्मचारी पूर्ति गर्नुपर्ने प्रदेश लोक सेवा आयोगका (आधार र मापदण्ड) सम्बन्धी ऐन उल्लेख गरिएको छ ।

प्रशासनविद् रमेशकुमार अधिकारी प्रदेश लोक सेवा आयोग गठनको अभावमा सम्बन्धित प्रदेशका स्थानीय तहमा कर्मचारी पूर्ति हुन नसकी सङ्घीयता कार्यान्वयनमा ढिलाइ हुने बताए ।

प्रदेश लोक सेवा आयोगका पदाधिकारी सिफारिस गर्दा सम्बन्धित प्रदेशका मुख्यमन्त्री, प्रदेश सभाका सभामुख, प्रदेश सभामा विपक्ष दलका नेता रहने कानूनी व्यवस्था छ ।

एक महिलासहित बढीमा तीन सदस्य रहेको प्रदेश लोक सेवा आयोग गठन गर्न सकिने आधार र मापदण्डमा उल्लेख गरिएको छ । प्रदेश ५ का प्रदेश लोक सेवा आयोगका अध्यक्ष डिलाराम भट्टराईले आयोग गठन भए पनि सङ्घीय निजामती सेवा ऐन, प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐनको मापदण्डको अभावमा आयोगले पूर्णरूपमा काम गर्न नसकेको बताए ।

प्रदेश लोक सेवा आयोगले विभिन्न सेवाका लागि उपयुक्त उम्मेदवार छनोट प्रक्रियाका लागि सञ्चालन गरिने परीक्षाको किसिम, पाठ्यक्रम तर्जुमा, परीक्षण विधि निर्धारण, विज्ञको छनोट, प्रश्नपत्र निर्माण तथा परिमार्जन, परीक्षा सञ्चालन, उत्तर पुस्तिकामा सङ्केत नम्बरको प्रयोग, उत्तर पुस्तिका परीक्षण, अन्तर्वार्ता सञ्चालन, नतिजा प्रकाशन र सिफारिस लगायतका कार्य गर्न मापदण्डमा उल्लेख गरेको छ ।

प्रकाशित मिति : १९ पुस २०७६, शनिबार  ६ : ४३ बजे

तीनै तहका सरकार मिलेर शिक्षा क्षेत्रको विकासमा लागौँ : मन्त्री पोखरेल

सुदूरपश्चिम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले तीनै तहका सरकार मिलेर

केन्द्रीय समिति बैठकका लागि रास्वपा नेताहरू घण्टी घरमा, बालेन अनुपस्थित (तस्बिरहरु)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकमा सहभागी

रास्वपा केन्द्रीय कमिटी बैठक छाडेर वरिष्ठ नेता बालेन मुस्ताङतिर

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कमिटी बैठक सुरु हुन

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपीडी

काठमाडौं- निजामती कर्मचारी अस्पतालले निजामती कर्मचारी तथा उनीहरूका परिवारलाई लक्षित गर्दै

नामी भिगो ई२ ३५.९९ लाखमा सार्वजनिक 

काठमाडौं– एमएडब्लू वृद्धि मोटर्सले नामी भिगो ई२ फुल एसयूभीलाई विशेष प्रारम्भिक