बायोग्याँस प्लान्ट नमूना र प्रभावकारी बन्दै « Khabarhub

बायोग्याँस प्लान्ट नमूना र प्रभावकारी बन्दै


१९ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा- जिल्ला प्रहरी कार्यालय स्याङ्जामा निर्माण गरिएको बायोग्याँस प्लान्ट नमूना र प्रभावकारी बन्दै गएको छ ।

देशका विभिन्न शहरमा दिसाजन्य लेदो व्यवस्थापनमा समस्या देखिरहेका बेला स्याङ्जाको पुतलीबजार नगरपालिकाले जिल्ला प्रहरी कार्यालय स्याङ्जाको परिसरमा निर्माण गरेको बायोग्याँस प्लान्ट नमूना बनेको हो ।

सार्वजनिक शौचालय निर्माणका लागि उपयुक्त स्थानमा जग्गा फेला नपरेपछि नगरपालिकाले जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरी कार्यालय परिसरमा सार्वजनिक शौचालय निर्माण गरी त्यहीँबाट बायोग्याँस निकालिएको नगरप्रमुख सीमाकुमारी क्षेत्रीले बताए ।

प्रहरी कार्यालयको जग्गामा दुईतिर फर्काएर सार्वजनिक शौचालय निर्माण गरिएको छ । कम्पाउण्डभित्रपट्टिको शौचालय प्रहरी तथा कार्यालयमा जाने सेवाग्राहीले र कम्पाउण्डभन्दा बाहिरपट्टि फर्किएको शौचालयमा अन्य सर्वसाधारणले प्रयोग गर्ने गरेका छन् ।

‘नगरपालिकाले ३३ लाखको लगानीमा प्रहरी र सर्वसाधारणका लागि निर्माण गरेको शौचालयबाट बायोग्याँस उत्पादन हुने गरेको छ’, नगरप्रमुख क्षेत्रीले भने । ।

‘नगरपालिकाको पहलमा पहिलोपटक निर्माण भएको बायोग्याँस प्लान्ट सफल भएको छ’, नगरप्रमुख क्षेत्रीले भने, ‘अब छिट्टै जिल्ला कारागार स्याङ्जामा सोही किसिमको प्लान्ट निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सम्पन्न भइसकेको छ ।’

प्रहरी कार्यालय परिसरमा निर्माण भएको बायोग्याँस प्लान्टले ७०/८० जनालाई दैनिक खाना पकाउन सहज भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता नवीनकृष्ण भण्डारीले बताए ।

प्रकाशित मिति : १९ पुस २०७६, शनिबार  ७ : ३० बजे

रविले बोलाए अर्को सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

आईजीपी कार्कीबारे खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हट्यो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षा र खेलकुद क्षेत्रमा नेपाल–बेलायत सहकार्यबारे छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त

बाँदरलाई हानेको गोली लागेर एक जनाको मृत्यु

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा बाँदरलाई हानेको गोली लागेर

ट्राफिक प्रहरीले फेला पारेका ५० मोटरसाइकल तथा स्कुटर सम्बन्धित धनीलाई बुझायो

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका