चोट लागेका ह्यारी केनको उपचार हुँदै « Khabarhub

चोट लागेका ह्यारी केनको उपचार हुँदै


१९ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- टोटेनहम र ईङ्ल्याण्डका फरवार्ड ह्यारी केनले चोट बोकेका छन् । क्लबका अनुसार उनको ह्यामस्ट्रिङ च्यातिएको छ ।

बुधबार साउथह्याम्टनसंग पराजित भएको खेलमा उनले निकै अहसज महशुश गरेका थिए । शुक्रबार प्रशिक्षक जोसे माउरिन्होले आफुले खराब समाचारको आश गर्दै गरेको बताए ।

केन मैदान फर्कने बिषयमा कुनै टुङ्गो लागेको छैन । तर उनी केही साता मैदान बाहिर रहने पक्का भएको छ ।

‘उनी को हुन् भनेर सबैलाई थाहा छ । उनी टिमका लागि कति महत्वपूर्ण छन्, त्यो कुरा प्रशंसक र क्लबले बुझेको छ ।’ माउरिन्होले भनेका छन् ।

‘उनको स्तर, टिमले उनीसंग खेल्दा, खेलको प्रत्येक मिनेटमा उनी नहुँदा हामी सम्झिनेछौ । उनी नखेल्ने कुनैपनि खेलमा हामी उनलाई सम्झिनेछौ ।’ उनले थपेका छन् ।

क्लबले विज्ञप्ति जारी गर्दै केनको ह्यामस्टिङ च्यातिएको पुष्टि गरेको छ ।

‘हाम्रो मेडिकल टोलीले चोटको बिषयमा निरन्तर जाँच गरिरहेको छ । उपचार अगाडी बढिरहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

केनले देश र क्लबका लागि २७ खेलमा ३१ गोल गरेका थिए ।

प्रकाशित मिति : १९ पुस २०७६, शनिबार  ८ : ५२ बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक