सन्दकपुर क्षेत्रमा पुनः हिमपात « Khabarhub

सन्दकपुर क्षेत्रमा पुनः हिमपात


१९ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सन्दुकपुर– जिल्लाको सबैभन्दा उचाइमा रहेको पर्यटकीयस्थल सन्दकपुरमा हिउँ परेको छ । केही दिन अगाडि हिउँ परेको सन्दकपुरमा हिजो बेलुकाबाट पुनः हिउँ झर्न थालेको हो । हिउँ परेपछि जनजीवन प्रभावित भएको छ ।

सन्दकपुर गाउँपालिकाको सन्दकपुर, मेग्मा, जौवारीलगायतका स्थानमा बाक्लो हिउँ झरेको स्थानीयवासी दिनेश ढकालले बताए । मौसममा अचानक परिवर्तन भएर हिमपात भएपछि किसानलाई समस्या भएको छ ।

तीन हजार ६३६ मिटर उचाइमा रहेको सन्दकपुर र आसपासमा हिउँ परेपछि मानिस मात्र होइन, पशु चौपायलाई समेत समस्या आएको उनले बताए । सन्दकपुर र आसपासमा परेको हिउँको प्रभावले सदरमुकामलगायत जिल्लाभर नै जाडो बढेको छ ।

सन्दकपुर क्षेत्रमा हिमपात भएसँगै हिउँ खेल्ने पर्यटक सो क्षेत्रमा जान थालेका छन् । विशेषगरी भारतबाट बढी पर्यटक सो क्षेत्रमा आउने गर्दछन् । सन्दकपुर भारतसँग सीमा जोडिएको क्षेत्र हो । यहाँ नेपाल तर्फबाट भन्दा बढी भारत, बङ्गलादेशलगायत तेस्रो मुलुकबाट समेत पर्यटकको चहलपहल हुने गरेको छ ।

उच्च पहाडी क्षेत्रमा हिमपात परेको छ भने जिल्लाका अन्य स्थानमा पानी परेको छ । पानी परेपछि जाडो बढेको छ । तर खेती किसानी गर्नेलाई भने पानीले राहत दिलाएको छ ।

सडकमा भएको धुलो मरेर यात्रामा भने सहजता थपेको इलाम नगरपालिका–५ बरबोटेका हेमन्त गौतमले बताउनुभयो । पानीले किसानले लगाएको अलैँची, आलुलगायत खाद्यान्न तथा नगदेबालीलाई भने राम्रो भएको छ ।

प्रकाशित मिति : १९ पुस २०७६, शनिबार  २ : ५० बजे

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद