लुगा लगाएर मात्र हुँदैन न्यानो, जाडोमा खानुस् यी खानेकुरा « Khabarhub

लुगा लगाएर मात्र हुँदैन न्यानो, जाडोमा खानुस् यी खानेकुरा


१९ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

मौसममा आएको बदलिका कारण शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ ।

हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ भने काठमाडौं उपत्यकासहितका स्थानमा वर्षा भएको छ ।

जसका कारण चिसो अत्यन्त बढेको छ । चिसो बढेका कारण न्यानो लुगा वा न्यानो वातावरणमा बस्नु नै भएको होला । तर त्यतिले मात्र पनि शरीरलाई पुग्दैन । त्यसैले खानपानमा पनि ध्यान दिन जरुरी हुन्छ ।

जाडोमा न्यानो महसुस हुने खाना खानुपर्छ । यतिबेला झोल कुराहरूजस्तै चिकेन सुप, मसरुम सुप, भिटामिन सीयुक्त खानेकुरा कागती, सुन्तला आदि फाइदाजनक साबित हुन्छन् । यसैगरी सुपमा वा तरकारीमा लसुन प्रयोग गर्दा पनि रुघाखोकी तथा ज्वरो आउने समस्याबाट जोगिन सकिन्छ ।

अमेरिकास्थित एक फर्मास्युटिकल्स एसोसियसनका अनुसार जाडो मौसममा एक गिलास पानीमा ज्वानो, अदुवा तथा दालचिनी हालेर पिए जाडोको फ्लुबाट जोगिन सकिन्छ ।

भिटामिन सीयुक्त खानेकुरा सुन्तला, कागती, पालुंगो तथा गोलभेंडाले रोगप्रतिरोधक क्षमता बलियो बनाउनुका साथै जाडोमा लाग्ने रुघाखोकी एवं ज्वरोसँग लड्न सहयोग मिल्छ ।

त्यसैगरी अण्डाको पहेंलो भागबाट प्रशस्त भिटामिन डी प्राप्त गर्न सकिन्छ । यसले जाडो मौसममा खोकी तथा छातीको इन्फेक्सनबाट जोगाउँछ ।

त्यस्तै गरि बिहान एक गिलास अदुवा चिया वा ग्रिन टी, एउटा अण्डा खानु स्वास्थ्यका लागि राम्रो हुन्छ ।

बिहानको खानामा १० बजेतिर भात, एक कचौरा दाल तथा गेडागुडीको रस, साग (पालुंगो भए राम्रो), ब्रोकाउली वा काउली खान सकिन्छ ।यसैगरी दिउँसो १ बजेतिर स्याउ, सुन्तला तथा डार्क चकलेट खाने ।

४ बजेतिर पाकेका गेडागुडी, मकै तथा एक गिलास दूध र चिउरा खान सकिन्छ । सम्भव भए हलुवा पनि उपयुक्त हुन्छ । बेलुकाको खानामा २ वटा रोटी एवं एक गिलास गेडागुडीका साथ मसरुम सुप वा चिकेन सुप समावेश गर्न सकिन्छ ।

राति दूधमा मह तथा बेसार मिसाएर पिउन सकिन्छ । यसले शरीरलाई न्यानो बनाउनुका साथै कफ निमोनियाँबाट जोगाउँछ भने राति मीठो निद्रा लाग्छ ।

यस्ता खानेकुराले जाडो मौसममा तातो महसुस गराउनुका साथै शरीरलाई आवश्यक पोषणसमेत प्रदान गर्छन् । यो सामान्य मानिसका लागि उपयुक्त डाइट हो । यद्यपि सबैले एउटै क्यालोरी प्रयोग गर्न भने मिल्दैन ।

प्रकाशित मिति : १९ पुस २०७६, शनिबार  ३ : २६ बजे

साउनमा किन कपाल काट्नु हुँदैन ? 

काठमाडौं– साउनको महिनामा कपाल काट्नुहुन्न भन्ने परम्परागत मान्यता छ ।

उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन

विराटनगर– गत आर्थिक वर्ष २०८२/८३ मा उच्च अदालत विराटनगरले चार

बीपी प्रतिष्ठान परिसरमा सञ्चालित ३५ औषधी पसल सिलबन्दी 

धरान– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको परिसरमा सञ्चालन भइरहेका

बीमा कार्यक्रम स्थगित भएपछि भरतपुर अस्पतालमा बिरामीको उच्च चाप

चितवन– भरतपुर अस्पतालमा बिरामीको उच्च चाप हुन थालेको छ ।

पहिरोले विभिन्न राजमार्गको यातायात सेवा आंशिक प्रभावित

काठमाडौँ– लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशभर सात