सम्भोग गर्नु कडा खालको व्यायाम जत्तिकै फाइदाजनक « Khabarhub

सम्भोग गर्नु कडा खालको व्यायाम जत्तिकै फाइदाजनक


१९ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

यौन क्रियाकलाप सन्तुष्टिका लागि मात्र नभइ स्वास्थ्यका लागि समेत निकै फाइदाजनक रहेको एक अध्ययनले देखाएको छ । अध्ययनका अनुसार व्यायाम गर्दा शरीरलाई पुग्नजति नै फाइदा यौनसम्पर्कबाट पनि हुन जान्छ ।

सम्भोगका बेला एक सामान्य पुरुषले एक मिनेटमा ४.२ क्यालोरी तथा महिलाले ३.१ क्यालोरी उर्जा या शक्ती खपत गर्दछन् । लाइभ साइन्स मा छापिएको रिपोर्ट अनुसार यौन कार्य गर्दा मुटुको चाल, गति र उर्जाको खपत व्यायाम गरेबराबर नै हुने गरेको हो ।

अनुसन्धानकर्ता विलियम मास्टर तथा भर्जिनिया जोनसनले २१ जोडीमा यस्तो अध्ययन गरेका थिए ।

सम्भोगका बेला महिला पुरुषमा मुटुको धड्कद प्रति मिनेट १ सय ८० सम्म पुग्ने गरेको छ । जबकी सामान्य खालको व्यायामका बेला मुटेको धड्कन ८५ देखि ११९ प्रतिमिनेट सम्म मात्र पुग्ने गर्छ ।

सेक्सका बेला हुने उर्जा खपत नाप्नका लागि शोधकर्ताहरुले यौनजोडीको हातमा विशेष उपकरण आर्मब्याण्ड लगाइदिएका थिए । जसका आधारमा यो रिपोर्ट सार्वजनिक गरिएको थियो ।

अध्ययनमा संलग्न मानिसहरुलाई सेक्स गर्नुभन्दा पहिले एक महिनामा ४ पटक सम्म ३०-३० मिनेटको कडा व्यायाम गर्न लगाइएको थियो । त्यसपछि व्यायामका माध्यमबाट खपत हुने क्यालोरी तथा सम्भोगका बेला खपत हुने क्यालोरीबीच तुलना गरियो ।

एक जना पुरुषले एक पटकको सम्भोगमा औषतमा १०१ क्यालोरी उर्जा खपत गर्ने तथा महिलाले ६९ क्यालोरी उर्जा खपत गर्ने गरेका छन् । त्यसबाट शोधकर्ताहरुले निष्कर्ष निकाले की महिला र पुरुषले सम्भोग गर्दा कडा व्यायाम गरेजत्तिकै फाइदा उठाउँछन् ।

प्रकाशित मिति : १९ पुस २०७६, शनिबार  ७ : २० बजे

मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार, ६२ करोड ८२ लाख बढीको बिक्री

मुस्ताङ– मुस्ताङको पाँच स्थानीय तहमा ६२ करोड ८२ लाख ३५

नेपाल भारत-सांस्कृतिक सम्बन्धको अटुट आधार

नेपाल र भारतबीच परम्परागत एवं बहु आयामिक सम्बन्ध रहिआएको छ

रसुवाको चिलिमे तातोपानीमा स्नान गर्नेको घुइँचो

रसुवा– रसुवास्थित चिलिमे तातोपानीमा स्नान गर्ने भक्तजनको सङ्ख्या पछिल्लो समयमा

भोजपुरको सुक्खा क्षेत्रमा तीनवटा पोखरी निर्माण

भोजपुर– पौवादुङमा गाउँपालिका–१ श्यामशिलामा निर्माण गरिएका तीनवटा सिँचाइ पोखरी सञ्चालनमा

मुलुकको विकासका लागि सहकार्य र समन्वय गर्नुपर्नेमा जोड

तनहुँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय उपाध्यक्ष डा. स्वर्णिम