घुस लिँदालिँदै समातिए कार्यालय प्रमुख, दुई इञ्जिनियर पनि समातिए « Khabarhub

घुस लिँदालिँदै समातिए कार्यालय प्रमुख, दुई इञ्जिनियर पनि समातिए


१९ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिराहा– विकास निर्माणको काम गराउने सरकारी निकायमा चर्को आर्थिक लेनदेन हुन्छ भन्ने तथ्य आम जस्तै छ ।

पैसा नखुवाइ कुनै काम नै हुँदैन भन्ने जनगुनासो व्याप्त रहेका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विकासे निकायकैरुपमा रहेको सडक डिभिजन कार्यालय लाहान, सिराहाका इञ्जिनीयरसहितका कर्मचारी पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार सो कार्यालयका प्रमुख विनोद साह सेवाग्राहीसँग रु तीन लाख घुस लिँदालिँदै पक्राउ परेको छन् ।

इञ्जिनीयर नवीनकुमार साह र सवइञ्जिनीयर वीरेन्द्रकुमार साहलाई रु १५ लाख ९६ हजार घुससहित पक्राउ गरेको छ ।

कुनौली सडक आयोजना निर्माणको अन्तिम बिल भुक्तानी लिने क्रममा विभिन्न बहाना बनाई घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको बर्दीवासबाट गएको टोलीले उनीहरुलाई घुससहित पक्राउ गरेको हो ।

आयोगले उनीहरुलाई कार्यालय परिसरबाट शुक्रबार पक्राउ गरेको भए पनि अनुसन्धानपछि आज सार्वजनिक गरेको हो ।

प्रकाशित मिति : १९ पुस २०७६, शनिबार  ९ : ०५ बजे

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

देउवा भन्छन्– सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

काठमाडौँका यी पाँच स्थानमा वितरण गरिँदैछ ग्यास, नागरिकता अनिवार्य चाहिने

काठमाडौं । नेपाल आयल निगमले शनिबार पाँच स्थानबाट ग्यास वितरण

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

ओखलढुङ्गा – ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट

बेनी-जोमसोम र बेनी-दरवाङ सडक रातिमा बन्द

म्याग्दी – जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा