करङको चोटले नेइमार फेरि टीम बाहिर « Khabarhub

करङको चोटले नेइमार फेरि टीम बाहिर


२१ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेइमार पुनः चोटग्रस्त भएका छन् । करङमा लागेको चोटका कारण नेइमार पेरिस सेन्ट–जर्मेन (पिएसजी) को टीम बाहिर भएका हुन् ।

पिएसजीले फ्रेन्च लिग वान फुटबल अन्तर्गत मंगलबार नान्टेससँग् प्रतिस्पर्धा गर्दैछ । सो खेलका लागि पिएसजीको टीममा नेइमार रहेका छैनन्।

ब्राजिलियन खेलाडी नेइमारलाई गएको शनिबार राति भएको मोन्टपिलिएरसँगको खेलको क्रममा मेडिकल सहायताको खाँचो परेको थियो ।

आइतबार उनले आफ्नो २८ औँ जन्मदिनको भव्य पार्टी गरेका थिए पेरिसमा । ह्वाइट थिमको पार्टीमा मेम्फिस डिपेयी, एन्जल डी मारिया, एडिन्सन काभानी, मार्को भेराटीसहितका खेलाडी सेतो रंगको कस्ट्युममा पुगेका थिए ।

पार्टी लगत्तै घोषणा भएको टीममा नेइमार नपरेपछि पार्टीकै कारण नेइमारलाई टीम बाहिर गरिएको हो कि भन्ने शंका उब्जिएको छ ।

तर प्रशिक्षक थोमस टुसिलले भने पार्टी र टीम छनौटमा कुनै सम्बन्ध नरहेको बताएका छन् । नेइमारले जन्मदिनको अग्रिम पार्टी दिएका हुन् । उनी बुधबारदेखि २८ वर्ष लाग्दै छन् ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  ७ : ३७ बजे

बार्सिलोनाको जितमा काउन्डेको दुई गोल

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा बार्सिलोना विजयी

नयाँ पुस्ताको माग पूरा गर्न जरुरी : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले गत भदौ २३ र २४ गते

काठमाडौं विश्वविद्यालयको दीक्षान्त समारोह आज

काभ्रे– काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयु)को ३१औँ दीक्षान्त समारोह आज

 निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग आवश्यक : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

एनपीएल इलिमिनेटरमा लुम्बिनी र काठमाण्डु भिड्दै

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटरमा आज काठमाण्डु र लुम्बिनी