फ्रेन्ड्सलाई पराजित गर्दै शीर्ष चौथोमा उक्लिने लक्ष्यमा एनआरटी « Khabarhub

फ्रेन्ड्सलाई पराजित गर्दै शीर्ष चौथोमा उक्लिने लक्ष्यमा एनआरटी


२१ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शहीद सहिद स्मारक ए डिभिजन लिगमा आज दशौं चरणको अन्तिम खेलमा न्युरोड टिम एनआरटी र फ्रेन्ड्स क्लब भिड्दै छन् । सातदोबाटोस्थित एन्फा मैदानमा शुरु खेल दिउँसो ३ बजे शुरु हुनेछ ।

लिगमा ९ खेलबाट १५ अंक जोडेको एनआरटी फ्रेन्ड्सलाई पराजित गर्दै अंक तालिकामा सुधार गर्ने लक्ष्यमा छ । अंक तालिकामा एनआरटीभन्दा फ्रेन्ड्स तुलनात्मक रुपमा कमजोर देखिएको छ ।

१५ अंकसहित एनआरटी सातौं स्थानमा छ भने उसले फ्रेन्ड्सलाई पराजित गर्न सके १८ अंकसहित शीर्ष चौथो स्थानमा उक्लिनेछ । यता, लिगको १० औं स्थानमा रहेको फ्रेन्ड्सले ९ खेलबाट ११ अंक जोडेको छ । उसले एनआरटीलाई पराजित गर्न सके फ्रेन्ड्स पनि अंक तालिकामा सुधार गर्नेछ ।

फ्रेन्ड्सले ३ अंक जोड्न सके उसले आठौं स्थानमा रहेको नेपाल पुलिस क्लबसँग १४ अंक बराबरी गर्नेछ ।

दशौं चरणका खेल सकिँदा विभागीय टोली त्रिभुवन आर्मी क्लब २३ अंकसहित शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा २२ अंक जोडेको मछिन्द्र छ भने तेस्रो स्थानमा साविक विजेता मनाङ मस्र्याङ्दी क्लब १९ अंकसहित छ ।

लिगमा दशौं चरणसम्म अपराजित रहेको मनाङ च्यासल युथ क्लबसँग सोमबार २–० गोल अन्तरले पराजित भएको थियो ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  १० : १२ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका