फ्रेन्ड्सलाई पराजित गर्दै शीर्ष चौथोमा उक्लिने लक्ष्यमा एनआरटी « Khabarhub

फ्रेन्ड्सलाई पराजित गर्दै शीर्ष चौथोमा उक्लिने लक्ष्यमा एनआरटी


२१ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शहीद सहिद स्मारक ए डिभिजन लिगमा आज दशौं चरणको अन्तिम खेलमा न्युरोड टिम एनआरटी र फ्रेन्ड्स क्लब भिड्दै छन् । सातदोबाटोस्थित एन्फा मैदानमा शुरु खेल दिउँसो ३ बजे शुरु हुनेछ ।

लिगमा ९ खेलबाट १५ अंक जोडेको एनआरटी फ्रेन्ड्सलाई पराजित गर्दै अंक तालिकामा सुधार गर्ने लक्ष्यमा छ । अंक तालिकामा एनआरटीभन्दा फ्रेन्ड्स तुलनात्मक रुपमा कमजोर देखिएको छ ।

१५ अंकसहित एनआरटी सातौं स्थानमा छ भने उसले फ्रेन्ड्सलाई पराजित गर्न सके १८ अंकसहित शीर्ष चौथो स्थानमा उक्लिनेछ । यता, लिगको १० औं स्थानमा रहेको फ्रेन्ड्सले ९ खेलबाट ११ अंक जोडेको छ । उसले एनआरटीलाई पराजित गर्न सके फ्रेन्ड्स पनि अंक तालिकामा सुधार गर्नेछ ।

फ्रेन्ड्सले ३ अंक जोड्न सके उसले आठौं स्थानमा रहेको नेपाल पुलिस क्लबसँग १४ अंक बराबरी गर्नेछ ।

दशौं चरणका खेल सकिँदा विभागीय टोली त्रिभुवन आर्मी क्लब २३ अंकसहित शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा २२ अंक जोडेको मछिन्द्र छ भने तेस्रो स्थानमा साविक विजेता मनाङ मस्र्याङ्दी क्लब १९ अंकसहित छ ।

लिगमा दशौं चरणसम्म अपराजित रहेको मनाङ च्यासल युथ क्लबसँग सोमबार २–० गोल अन्तरले पराजित भएको थियो ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  १० : १२ बजे

भोजपुरको षडानन्दमा प्राङ्गारिक कफीखेती कार्यक्रम

भोजपुर– भोजपुरको षडानन्द नगरपालिकाले गरिबी निवारण र किसानको दिगो आयआर्जन

‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’

जनकपुरधाम– गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनलाई सफल बनाउनु सुरक्षा निकायमा आबद्ध

सभापति छाड्न नमानेका देउवाले कांग्रेसलाई फुट्नबाट जोगाउन दिए यी विकल्प

काठमाडौं- नेपाली कांग्रेसको सभापति पद त्याग्न तयार नभएका शेरबहादुर देउवाले

‘एलओडी क्लब’ डिजे म्यागको पुन: नोमिनेसनमा

काठमाडौं– ठमेलस्थित ‘एलओडी’ क्लब ‘ डिजे म्याग टप १००’ को

सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय,