पुनः बढ्दै सिकलसेल एनिमिया रोगका बिरामी « Khabarhub

पुनः बढ्दै सिकलसेल एनिमिया रोगका बिरामी


२१ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा सिकलसेल एनिमिया रोगीको चाप बढ्दो रहेको छ । सिकलसेल एनिमिया रोग थारु समुदायमा प्रमुख स्वास्थ्य समस्याका रुपमा रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सिकलसेल प्रमाणित भएका बिरामीलाई १ लाख बराबरको औषधि र जाँचसेवा प्रदान गर्दै आएको छ ।

भेरी अस्पताल नेपालगञ्जका मेडिकल विभाग प्रमुख डा राजन पाण्डेले पुस मसान्तसम्म ७६७ जनाले एक लाख बराबरको उपचार सेवा लिने गरी अस्पतालले सूचीकृत गरेको जानकारी दिए । उनले भने, ‘सिकलसेल एनिमिया रोग वंशाणुगतरूपमा मात्र सर्छ, बैलैमा रोग भए÷नभएको जाँच गर्न सकेमा यसबाट बच्न सकिन्छ ।’

प्रमुख डा पाण्डेले केही समययता अस्पतालमा बिरामीको चाप बढिरहेको जानकारी दिए । उनले भने, ‘यो रोगमा जण्डिस हुने, हातखुट्टाको जोर्नी दुख्ने बाथजस्तो हुने भए पनि यो रोग वंशाणुगतबाहेक एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन ।’ नेपालगञ्जस्थित भेरी अस्पतालमा मात्रै सिकलसेलको निःशुल्क जाँच गरिँदै आएको छ ।

उपचारका लागि अस्पतालमा आउने बिरामीलाई रोगका बारेमा मनोसामाजिक परामर्श र अपनाउनुपर्ने सावधानीका बारेमा जानकारी दिने गरिएको परामर्शदाता तथा स्टाफ नर्स आस्था केसीले जानकारी दिइन् । उनले भनिन्, ‘हामी अस्पतालमा आउने सिकलसेलका बिरामीलाई रोगको बारेमा जानकारी दिनुका साथै यसको लक्षण, अवस्था, गर्न हुने/नहुने कुराका बारेमा सम्झाउने गरेका छौँ ।’

बाँकेको भेरी अस्पतालको सामाजिक सेवा एकाइअन्तर्गत सञ्चालनमा रहेको विपन्न नागरिक स्वास्थ्य उपचार कोषबाट सिकलसेलका बिरामीले निःशुल्क उपचार पाउने गरेको एकाइ प्रमुख प्रेम सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  ११ : १४ बजे

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल