पुनः बढ्दै सिकलसेल एनिमिया रोगका बिरामी « Khabarhub

पुनः बढ्दै सिकलसेल एनिमिया रोगका बिरामी


२१ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा सिकलसेल एनिमिया रोगीको चाप बढ्दो रहेको छ । सिकलसेल एनिमिया रोग थारु समुदायमा प्रमुख स्वास्थ्य समस्याका रुपमा रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सिकलसेल प्रमाणित भएका बिरामीलाई १ लाख बराबरको औषधि र जाँचसेवा प्रदान गर्दै आएको छ ।

भेरी अस्पताल नेपालगञ्जका मेडिकल विभाग प्रमुख डा राजन पाण्डेले पुस मसान्तसम्म ७६७ जनाले एक लाख बराबरको उपचार सेवा लिने गरी अस्पतालले सूचीकृत गरेको जानकारी दिए । उनले भने, ‘सिकलसेल एनिमिया रोग वंशाणुगतरूपमा मात्र सर्छ, बैलैमा रोग भए÷नभएको जाँच गर्न सकेमा यसबाट बच्न सकिन्छ ।’

प्रमुख डा पाण्डेले केही समययता अस्पतालमा बिरामीको चाप बढिरहेको जानकारी दिए । उनले भने, ‘यो रोगमा जण्डिस हुने, हातखुट्टाको जोर्नी दुख्ने बाथजस्तो हुने भए पनि यो रोग वंशाणुगतबाहेक एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन ।’ नेपालगञ्जस्थित भेरी अस्पतालमा मात्रै सिकलसेलको निःशुल्क जाँच गरिँदै आएको छ ।

उपचारका लागि अस्पतालमा आउने बिरामीलाई रोगका बारेमा मनोसामाजिक परामर्श र अपनाउनुपर्ने सावधानीका बारेमा जानकारी दिने गरिएको परामर्शदाता तथा स्टाफ नर्स आस्था केसीले जानकारी दिइन् । उनले भनिन्, ‘हामी अस्पतालमा आउने सिकलसेलका बिरामीलाई रोगको बारेमा जानकारी दिनुका साथै यसको लक्षण, अवस्था, गर्न हुने/नहुने कुराका बारेमा सम्झाउने गरेका छौँ ।’

बाँकेको भेरी अस्पतालको सामाजिक सेवा एकाइअन्तर्गत सञ्चालनमा रहेको विपन्न नागरिक स्वास्थ्य उपचार कोषबाट सिकलसेलका बिरामीले निःशुल्क उपचार पाउने गरेको एकाइ प्रमुख प्रेम सुवेदीले जानकारी दिए ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  ११ : १४ बजे

नेकपालाई पुनर्गठन र रूपान्तरण गर्नुपर्छ : झलनाथ खनाल

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले पार्टीलाई पुरानो ढाँचा

इरानद्वारा अमेरिकी नयाँ आर्थिक प्रतिबन्धको आलोचना

तेहरान- इरानले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले तेहरानमाथि थप कडा आर्थिक प्रतिबन्ध

प्रधानमन्त्री बालेनको मुस्ताङ यात्रा

काठमाडौं- निजी भ्रमणका क्रममा मुस्ताङ यात्रामा रहेका प्रधानमन्त्री वालेन्द्र शाह

बलात्कारीलाई फाँसीको माग गर्दै प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीको

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चितवन – खैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई