कोरोना संक्रमणको महामारी हुने जोखिमको बहुकेन्द्रित चरणमा विश्वः डब्लुएचओ « Khabarhub

कोरोना संक्रमणको महामारी हुने जोखिमको बहुकेन्द्रित चरणमा विश्वः डब्लुएचओ


२१ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जेनेभा- चीनबाट शुरू भई विश्वका करिब दुई दर्जन बढी मुलुकमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणले अहिले नै विश्वभरि महामारीको रूप नलिएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बताएको छ ।

डब्लुएचओको सङ्क्रमणजन्य रोगको जोखिमविरूद्धको तयारी शाखाकी प्रमुख सिल्भी ब्राएन्डले भनिन्, “अहिले हामी कोरोना भाइरसको सङ्क्रमणको माहामारीको अवस्थामा छैनौ ।”

“तर हामी सङ्क्रमणको महामारीको जोखिमको बहुकेन्द्रित चरणमा रहेका छौ,” उनले भनिन् ।

कोरोना भाइरसका कारण चीनमा ४ सय २६ जनाको मृत्यु भएको छ भने कम्तीमा २० हजार व्यक्ति यसको सङ्क्रमणका कारण उपचार गराइरहेका छन् ।

चीनको मध्य क्षेत्र हुबेईको वुहानबाट पहिलो पटक डिसेम्बरमा देखा परेको उक्त भाइरसका विश्वका करिब दुई दर्जन मुलुकमा पुगेको भएपनि त्यहाँ सङ्क्रमण महामारीको रूपमा नरहेको उनको भनाइ छ ।

ब्राएन्डले भनिन, “चीनको हुबेईमा शीघ्र सङ्क्रमण भइरहेको भएपनि चीनकै अन्य राज्यमा यसको फैलावट छिटफुट अवस्थामा नै रहेको छ ।”

यसैबीचमा चीनका अधिकारीहरूले सङ्क्रमण नियन्त्रणका लागि प्रभावकारी उपायहरू अवलम्बन गरेका र अन्य प्रभाबित मुलुकहरूले पनि भाइरस सङ्क्रमणलाई नियन्त्रणबाहिर जान नदिन यथेष्ट सावधानीहरू अपनाएको पाइएको छ ।

चीनको हुबेईका साथै अन्य भागमा अपनाइएका उपाय र विश्वका अन्य मुलुकहरूले नियन्त्रणका लागि देखाएका गम्भीर सावधानीका कारण छिट्टै सङ्क्रमण रोक्न वा यस भाइरसलाई पूर्ण निर्मूल पार्न सफलता मिल्नेमा हामी विश्वस्त छौँ ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  ८ : ४६ बजे

अमेरिकाले चिकित्सा प्रयोगका लागि गाँजाको पहुँचलाई सहज बनायो

वाशिङ्गटन – संयुक्त राज्य अमेरिकाले नागरिकहरूलाई चिकित्सकीय प्रयोजनका लागि गाँजाको

रविलाई रक्षा बमको प्रश्न : भोलि सुकुम्बासी बस्तीमा छाती थाप्न आउनुहुन्छ नि ?

काठमाडौं – जेनजी आन्दोलनकी अगुवा रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टीका

सुकुमवासी बस्ती खाली गराउने तयारीविरुद्ध प्रदर्शन हुँदै

काठमाडौं – भूमिहीन दलित–सुकुमवासी र अव्यवस्थित बसोवासीलाई बस्तीबाट हटाउने सरकारको

२५ जना सहसचिवको सरुवा

काठमाडौँ । सरकारले २५ जना सहसचिवको सरुवा निकालेको छ ।

सञ्जु सैमसनको शतकमा चेन्नईले मुम्बईलाई दियो २०८ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३३औँ खेलमा चेन्नई