प्रधानमन्त्री ओलीको आज मिर्गाैला प्रत्यारोपण गरिँदै « Khabarhub

प्रधानमन्त्री ओलीको आज मिर्गाैला प्रत्यारोपण गरिँदै


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार त्रिवि शिक्षण अस्पतालमा मिर्गाैला प्रत्यारोपण गरिने भएको छ । मिर्गाैला प्रत्यारोपणका लागि चिकित्सकीय तयारी पूरा भएको अस्पतालले जानकारी दिएको छ ।

अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खडकाले मिर्गौला प्रत्यारोपणका लागि आवश्यक औषधिहरु दिन शुरु गरिएको र विभिन्न विषयका विशेषज्ञबाट स्वास्थ्य परीक्षण गरिएको जानकारी दिए ।

प्रत्यारोपण अगाडि गरिने नियमित डायलायसिस तथा ल्याब परीक्षणहरु गरिने क्रम जारी रहेकाे उनले बताए । उनका अनुसार हाल प्रधानमन्त्रीको स्वास्थ्य स्थिति राम्रो अवस्थामा छ र उनी विशेषज्ञको निरन्तर निगरानीमा छन् ।

दोस्रो पटक मिर्गाैला प्रत्यारोपणका लागि डा प्रेमराज ज्ञवालीको नेतृत्वमा १५ देखि २० जनासम्म स्वदेशी चिकित्सक टोली तयार भएको छ । डा ज्ञवालीको टोलीले बुधबार बिहान करिब ९ बजेबाट प्रत्यारोपण शुरु गर्ने छ ।

यसअघि २०६४ मा भारतको एपोलो अस्पतालमा मिर्गाैला प्रत्यारोपण गर्ने चिकित्सकलाई अस्पतालमा आमन्त्रण गरिएको छ । उनी हिजै काठमाडौं आइसकेका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ६ : ३० बजे

बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार

बर्दिया- बडादसैँमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने

नेवार समुदायले मनाए मोहनी नखः

भक्तपुर- भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् ।

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी