कोरोना महामारी : ८० मुलुकमा संक्रमण, ३१ सय ६८ को मृत्यु, ९२ हजार बढि संक्रमित « Khabarhub

कोरोना महामारी : ८० मुलुकमा संक्रमण, ३१ सय ६८ को मृत्यु, ९२ हजार बढि संक्रमित


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या ३१ सय ६८ पुगेको छ । ९२ हजार मानिस कोरोनाबाट संक्रमित भएका छन् ।

अहिलेसम्म ८० मुलुकमा कोरोनाको संक्रमण देखिएको र फैलने क्रम तीब्र भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ ।

चीनमा सोमबार साँझ थप १ सय ७२ जनाको जनाको मृत्यु भएको छ । योसँगै चीनमा मात्रै कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ९ सय ४५ पुगेको छ । ८० हजार १ सय ५३ जना संक्रमित भएका छन्

चीन बाहिर १३ वटा मुलुकमा २ सय २१७ जनाको मृत्यु भएको छ । अरु ६ जनाको डायमण्ड प्रिन्सेस नामक जाहाजमा मृत्यु भएको छ ।

चीन बाहिर सबैभन्दा धेरै इटालीमा ७९ जनाको मृत्यु भएको छ । यस्तै इरानमा ७७ जना, दक्षिण कोरियामा ३४, अमेरिकामा ९ जना, जापानमा ६, फ्रान्समा ४, हङकङमा २ तथा थाइल्याण्ड, अष्ट्रेलिया, सन मारिनो, फिलिपिन्स, ताइवान र स्पेनमा १/१ जनाको मृत्यु भएको छ ।

चीनबाहिर १२ हजार मानिसमा कोरोनाको संक्रमण देखिएको छ।

चीन बाहिर संक्रमणको संत्रास  

दक्षिणको कोरियामा कोरोनाबाट थप ४ जनाको संक्रमितको मृत्यु भएपछि मृतकको संख्या ३४ पुगेको छ ।

त्यहाँ ८ सय ५१ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुनेको संख्या ५१ सय ८६ पुगेको छ ।

कोरोनाको संक्रमण फैलिएको सूचना लुकाएको भन्दै सिञ्चेओन्जी चर्चका पादरीमाथि छानविन सुरु गरिएको छ ।सरकारले चर्चका संस्थापक म्यान हीसहित १२ जनामाथी अनुसन्धान सुरु गरेको बताइएको छ ।

इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ । एकैदिन अरु २७ जना मृतकको संख्या थपिएपछि ज्यान गुमाउनेको संख्या ७९  पुगेको हो । यसअघि इटालीमा ५२ जनाले ज्यान गुमाएका थिए ।

४ सय ६६ जना नयाँ कोरोनाका संक्रमित थपिएपछि बिरामीको संख्या २५ सय २ पुगेको छ ।

इरानमा ७७ जनाको कोरोनाबाट मृत्यु हुँदा संक्रमितको संख्या २३ सय ३६ पुगेको छ । एकैदिन अरु ८ सय ३५ जनामा संक्रमण देखिएको छ।

इरानमा २३ जना सांसदमा समेत कोरोनाको संक्रमण देखिएको बताइएको छ । जापानमा ६ जनाको मृत्यु भएको छ भने ३ सय १९ जनामा संक्रमण देखिएको छ ।

फ्रान्समा थप १ जनाको मृत्यु भएपछि अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ जनाको मृत्यु भएको छ भने २ सय ३३ जनामा संक्रमण देखिएको फ्रान्सेली अधिकारीहरुले पुष्टि गरेका छन् ।

स्पेनमा पहिलो पटक कोरोनाबाट एक जनाको मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुने नेपाल भ्रमण गरेर फर्किएका एक ६९ बर्षीया पुरुष छन् । स्पेनमा संक्रमित हुनेको संख्या २ सय १० छ ।

जर्मनीमा कोरोना संक्रमितको संख्या २ सय ३१ पुगेको छ । यसअघि यहाँ १ सय ९६ जनामा संक्रमण देखिएको थियो । त्यहाँ ३१ जना कोरोनाका बिरामी थपिएको जर्मनीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

अमेरिका–कोरोना भाइरसका कारण ९  जनाको मृत्यु भएको छ । वासिङ्टन राज्यमा सोमबार थप २ जनाको मृत्यु भएपछि मृतकको संख्या ९ पुगेको हो ।

अमेरिकाका विभिन्न राज्यमा अहिलेसम्म संक्रमित हुनेको संख्या १ सय ३६ पुगेको छ ।

विश्व स्वास्थ संगठनका अनुसार पछिल्लो १० दिनमा ४५ मुलुकमा कोरोनाको संक्रमण देखिएको छ ।

यसैसाता कतार, साउदी अरव, इक्वेडर लक्जेबर्ग आइरल्याण्ड, स्पेन लगायतका मुलुकमा कोरोनाको भाइरसको संक्रमण देखिएको थियो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ६ : ४५ बजे

सहकारी पीडितको बचत फिर्ता गराउन मन्त्रालयको सक्रियता, महान्यायाधिवक्ता र सीआईबी प्रमुखसँग मन्त्रीको छलफल 

काठमाडौं – समस्याग्रस्त सहकारी संस्थामा अड्किएको बचतकर्ताको रकम फिर्ता गराउन

वातावरण प्रदूषण गर्ने १२ सवारीसाधन ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाडौं– काठमाडौं उपत्यकामा बढ्दो वायु प्रदूषण नियन्त्रणका लागि सक्रिय रूपमा

भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भ्रामक सूचना सम्प्रेषण नगर्न

गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहलाई

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री वालेन्द्र शाह