आज मौसममा बदली, पहाडी भूभागमा मेघगर्जनसहित पानी पर्ने सम्भावना « Khabarhub

आज मौसममा बदली, पहाडी भूभागमा मेघगर्जनसहित पानी पर्ने सम्भावना


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पश्चिमी तथा स्थानीय वायुको प्रभावले आज मौसममा बदली आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहने छ। अपरान्ह पछि पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना छ।

त्यस्तै आज राति देशको पश्चिमी भू-भागमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। पश्चिमी र मध्यका थोरै स्थानहरुमा र पूर्वी पहाडका एक/ दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना छ।

यस्तो छ महाशाखाले जारी गरेको ३ दिने मौसमको पूर्वानुमान

फागुन २१ गते (बुधबार)

दिउँसोः देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहने छ। अपरान्ह पछि पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

राति: देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहने छ। पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

फागुन २२ गते (बिहिबार)

दिउँसोः देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

राति: देशको पश्चिमी भू-भागमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। पश्चिमी र मध्यका थोरै स्थानहरुमा र पूर्वी पहाडका एक/ दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

फागुन २३ गते (शुक्रबार)

दिउँसोः देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

राति: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। पश्चिमी र मध्यका केही स्थानहरुमा र पूर्वी पहाडका थोरै स्थानमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ८ : २१ बजे

नेपालगञ्ज–पोखरा उडान पुनः सुरु

नेपालगञ्ज – लामो समयदेखि रोकिएको नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा यही

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ ४ गते बिहीबार सन् २०२६

आज २०८३ साल भदौ ४ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ४ गते बिहीबार सन् २०२६

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर