कांग्रेसमा फेरि विवाद– जिल्ला उपसभापतिहरुको प्रशिक्षण बहिष्कार गर्ने पौडेल पक्षको निर्णय « Khabarhub

कांग्रेसमा फेरि विवाद– जिल्ला उपसभापतिहरुको प्रशिक्षण बहिष्कार गर्ने पौडेल पक्षको निर्णय


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले जिल्ला उपसभापतिहरुको प्रशिक्षण बहिष्कार गर्ने भएको छ ।

बुधवार विहान पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीवारीमा भेला भएका पौडेल समूहका उपलब्ध केन्द्रीय सदस्य र जिल्ला सभापतिहरुको भेलाले जिल्ला उपसभापतिहरुको प्रशिक्षण बहिस्कार गर्ने निर्णय गरेको हो ।

सभापति देउवाले विभागहरु गठन गरेसँगै पौडेल पक्ष पुन असन्तुष्ट देखिएको छ । बैठकले १४औं महाधिवेशन प्रभावित गर्ने उद्देश्यमा साथ कार्यक्रम राखिएको ठहर गर्दै उपसभापतिहरुको भेला बहिस्कार गर्ने निर्णय लिएको नेताहरुले बताएका छन् ।

‘हरेक कुराको काम गर्ने समय हुन्छ । समय घर्किएसँगै गर्ने काम ठिक हुँदैन’ नेता सिंहले भने,‘ महाधिवेशनको तिथि मिति तोकिसकेको कारण पार्टी भित्र निर्वाचन आचार संहिता लागू भइसकेको छ । महाधिवेशनलाई प्रत्यक्ष र परोक्ष प्रभावित गर्ने काम पार्टीले गर्नु हुँदैन ।’
‘यो भेलाबाट महाधिवेशनलाई प्रभावित गर्ने कार्यक्रम भएका कारण प्रशिक्षणलाई वहिष्कार गर्ने निष्कर्ष निस्किएको छ,’ नेता सिंहले भने ।

केही समययता सामसुम भएको नेपाली कांग्रेस भित्रको विवाद पुन बल्झिएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ११ : ४७ बजे

आज २०८३ साल असोज १ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १ गते बिहीबार सन् २०२६

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक