अब प्रधानमन्त्री ओलीको शरीरमा हुनेछन् चार वटा मिर्गौला ! « Khabarhub

अब प्रधानमन्त्री ओलीको शरीरमा हुनेछन् चार वटा मिर्गौला !


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणको लागि अप्रेशन जारी रहेको छ ।

त्रिवि शिक्षण अस्पताल टिचिङमा प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपण भइरहेको हो ।

विहान १० बजे प्रधानमन्त्री ओलीलाई मिर्गौला प्रत्यारोपणका लागि अप्रेशन थिएटरमा लगिएको थियो । ओलीलाई नातामा भान्जी पर्ने समिक्षा संग्रौला ज्ञवालीले मिर्गौला दिनेछिन् ।

चिकित्सकहरुका अनुसार मिर्गौला दिने र लिने दुबैको एकैसाथ अप्रेसन हुन्छ ।

डा अरुण सायमीले मिर्गौला प्रत्यारोपणका लागि दुई वटा टीम रहेको जानकारी दिए । ‘ट्रान्स प्लान्टमा दुईवटा टीम हुन्छ । एउटा टिमले डोनरको किड्नी निकाल्छ साइडबाइ साइड काम हुन्छ’ डा सायमीले भने ।

बाह्र वर्षअघि भारतमा पहिलो पटक ओलीले मिर्गौला प्रत्यारोपण गराएका थिए । यससँगै ओलीको शरीरमा प्रत्यारोपण गरिएको मिर्गौलासहित तीन मिर्गौला थिए । आज मिर्गौला प्रत्यारोपण गरिएसँगै उनको शरीरमा चार वटा मिर्गौला हुनेछ ।

अहिले ओलीको शरीरमा प्रत्यारोपित एउटा मिर्गौलासहित तीनवटा मिर्गौला छन् । प्रा. डा. प्रेमराज ज्ञवालीका अनुसार आजको प्रत्यारोपणपछि चारवटा हुनेछन्।

“फेर्ने भनेको उहाँको झिकेर नयाँ लगाउने होइन नि। नयाँ मात्रै लगाउने हो,” ज्ञवालीले भने।

“वहाँका आफ्नै दुईटा भए, एउटा १२ वर्ष अगाडि लगाएको भयो। अब अहिले लगाउने चौथो हो।”

प्रत्यारोपणको सम्पूर्ण प्रक्रियालाई झन्डै पाँच घण्टा लाग्ने बताइएको छ। मिर्गौलादाताको शल्यक्रिया झन्डै एक घण्टाअघि सुरु हुन्छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले चिकित्सकहरुलाई उद्धृत गर्दै बताए अनुसार ४ बजेसम्ममा प्रधानमन्त्रीको शल्यक्रिया सकिने छ ।

अस्पतालका प्रा डा प्रेमराज ज्ञवालीको नेतृत्वमा १५ देखि २० जनासम्म स्वदेशी चिकित्सक टोलीले मिर्गौला प्रत्यारोपण शुरु गरेको हो ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  १२ : २७ बजे

बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार

बर्दिया- बडादसैँमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने

नेवार समुदायले मनाए मोहनी नखः

भक्तपुर- भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् ।

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी