सशस्त्र प्रहरीद्वारा कोरोनाको संक्रमण राेक्न बाराका तीन स्थानमा ‘हेल्प डेस्क’ « Khabarhub

सशस्त्र प्रहरीद्वारा कोरोनाको संक्रमण राेक्न बाराका तीन स्थानमा ‘हेल्प डेस्क’


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा- कोरोना भाइरसको सम्भावित जोखिम रोक्न सशस्त्र प्रहरीले बाराका तीन स्थानमा हेल्प डेस्क सञ्चालनमा ल्याएको छ ।

सशस्त्र प्रहरी बाराले भारतबाट आवागमन बढी हुने तीन स्थानको पहिचान गरी हेल्प डेस्क स्थापना गरेको हो ।

कलैया उपमहानगर पालिका वडा नं. १० स्थित मटिअर्वा, सिम्रौनगढ न.पा. ६ स्थित सतुही र सुवर्ण गाउपालिका वडा नं. ३ स्थित सन्तगंज कबहिगोठमा हेल्प डेस्क स्थापना गरिएको गणपति सशस्त्र प्रहरी उपरीक्षक दिगबिजय सुवेदीले बताए ।

बाराको प्रमुख नाका मटिअर्वास्थित सशस्त्र प्रहरी बल, नेपाल बी.ओ.पी. मटिअर्वाले स्थापना गरेको हेल्प डेस्कको उद्घाटन बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्र मणी पोखरेलले गरे । कार्यक्रममा प्रमुख अतिथि पोखरेलले कोरोना भाइरस सम्बन्धी सचेतना एक व्यक्तिमा मात्र भएर नहुने भन्दै  घर-परिवार, समुदाय हुँदै जिल्ला भरका सबै नागरिमा हुनुपर्ने बताए । मानिसहरुको धेरै जमघट हुने गरी कुनै कार्यक्रम् नगर्न समेत पोखरेलले निर्देशन दिए ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण बाराका गणपति सुवेदीले स्वास्थ्य चेतना संचालन अन्तरगत भएको यो कार्यक्रम जिल्लाको तीन स्थानमा आजैबाट शुरु भएको हुनाले यसबाट बढी भन्दा बढी फाइदा उठाउन अनुरोध गरे ।

कार्यक्रममा जिल्ला प्रहरी प्रमुख कृष्ण पंगेनी, राष्ट्रिय अनुसन्धान जिल्ला प्रमुख, जनप्रतिनिधिहरु तथा कलैया अस्पतालको डा. अन्जली चौरसिया लगायतको उपस्थिति भएको थियो । डा. चौरसियाले कोरोना भाइरस सम्बन्धी लक्षण, रोकथामको उपायहरुको बारेमा प्रस्तुतीकरण गरेका थिए ।

सुवर्ण गाउपालिकाको सतगंज गाउपालिकाका कार्यकारी अधिकृत तथा बी.ओ.पी. कबहिगोठ प्रमुख सशस्त्र प्रहरी निरीक्षक युकेश उप्रेती र सिम्रौनगढमा जनप्रतिनिधि तथा बी.ओ.पी. प्रमुख कविर मल्लले कोरोना सम्बन्धी सचेतना जगाउन हेल्प डेस्क संचालन गरिएको जानकारी दिए ।

जिल्लामा यसरी पहिलो पटक कोरोना भाइरस सम्बन्धी सचेतनामूलक हेल्प डेस्क स्थापना गरी सशस्त्र प्रहरी बलले गरेको अग्रसरताको प्रमुख जिल्ला अधिकारी पोखरेलले सराहना गरे ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ५ : ०९ बजे

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

काठमाडौँ–  ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे

 काठमाडौँ – लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी

सरकारी वेबसाइटमा सुरक्षित एसएसएल/टीएलएस प्रमाणपत्र अनिवार्य

काठमाडौँ- सरकारले सबै सरकारी निकायका आधिकारिक वेबसाइटमा वैध एसएसएल/टीएलएस प्रमाणपत्र जडान