त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै कर्मचारी सुन तस्करका सहयोगी, अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दर्ता | Khabarhub Khabarhub

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै कर्मचारी सुन तस्करका सहयोगी, अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दर्ता


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी गर्ने क्रममा तस्करहरुलाई सहयोग गरेको आरोपमा एकजना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकी कार्यालय सहयोगी डोमा शेर्पाविरुद्ध ७ लाख ७ हजार ७ सय रुपैयाँ बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार शेर्पाले ८ वैशाख २०७६ मा थाई एयरको विमानबाट नेपाल आएका भियतनामी नागरिक फान्थी लाओन थाओ तथा कम्बोडियन नागरिक थियरी यूईले ल्याएको सुन लुकाउन सहोग गरेकी थिइन् ।

भियतनामी नागरिक थाहो तथा कम्बोडियन नागरिक यूईले ल्याएको किलो ६ सय ८५ ग्राम सुन विमानस्थलका उपसचिव कर्ण तिमिल्सिनाको कार्यकक्षमा रहेको सोफा पछाडि फालेको अवस्थामा फेला परेको थियो ।

अनुसन्धानका क्रममा उक्त सुन शेर्पाले फाल्न लगाएकी भेटिएको थियो ।

यात्रुहरुको खानतलासीका लागि खटिएकी शेर्पाले सांकेतिक भाषा प्रयोग गरी उक्त सुन सोफामा फालेर जान भनेको देखिएको अख्तियारले जनाएको छ ।

अख्तियारका अनुसार राजश्व चुहावट गर्ने उद्देश्यका साथ शेर्पाले उक्त सुन सोफा पछाडि फाल्न लगाएर एक्सरे मेसिनबाट हुने जाँच छल्न खोजेकी थिइन् ।

अख्तियारले शेर्पाविरुद्ध ७ लाख ७ हजार ७ सय बिगो कायम गर्दै बिगोको दोब्बर जरिवाना र अनुसार जरिवाना र २ वर्ष ६ महिनासम्म कैद सजाय मागदाबी गरेको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ५ : २९ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र