कास्कीमा नेकपा एकीकरणले पायो पूर्णता « Khabarhub

कास्कीमा नेकपा एकीकरणले पायो पूर्णता


२१ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले कास्कीमा पार्टी कमिटी एकीकरणको काम सम्पन्न गरेको छ ।

साबिक नेकपा एमाले र माओवादी केन्द्रका बीचमा पार्टी एकता भएर नेकपा गठनको लामो समयपछि जिल्ला तहमा एकीकरण प्रक्रियाले पूर्णता पाएको हो ।

नेकपाको जिल्ला कमिटीको पूर्ण बैठकले जिल्लाका चारवटै गाउँपालिकाका अध्यक्ष र सचिव चयन, महानगर कमिटी तथा जिल्ला सचिवालय समिति गठनलाई पूर्णता दिएको जनाइएको छ ।

चार गाउँपालिका मध्य रुपा र माछापुच्छ्रेको नेतृत्व पूर्वएमाले तथा मादी र अन्नपूर्णको नेतृत्व पूर्वमाओवादीले पाएको छ । मादीको कमिटीको अध्यक्षमा कृष्ण दाहाल तथा सचिव पदमप्रसाद पौडेल तथा रुपामा अध्यक्ष सवाबक्स मियाँ तथा सचिव नवराज बराल चयन भएका छन् ।

अन्नपूर्णमा अध्यक्षमा धर्मप्रसाद तमु र सचिव लक्ष्मीप्रशाद अधिकारी तथा माछापुच्छ्रेमा कमिटी अध्यक्षमा जगन्नाथ बाँस्तोला र सचिव वैकुण्ठप्रसाद भण्डारीलाई सर्वसम्मत निर्णय गरी अनुमोदनका लागि पार्टी प्रदेश कमिटीमा सिफारिस गरिएको जिल्ला कमिटीका सचिव बखानसिँह गुरुङले जानकारी दिए ।

पोखरा महानगर कमिटीका अध्यक्ष र सचिव भने गत असोजमै चयन भएका थिए । नेकपाले भागबन्डाका आधारमा स्थानीय तहको नेतृत्व तथा कमिटी सदस्य टुङ्गो लगाएको हो । बैठकले ५१ सदस्यीय जिल्ला सचिवालय कमिटीसमेत गठन गरेको हो । सचिवालयमा पूर्वएमालेबाट २९ र माओवादीबाट २२ सदस्य छन् ।

त्यसैगरी सात सदस्सीय जिल्ला कार्यालयमा कल्पना पाण्डे र भीमबहादुर विकलाई चयन गरिएको सचिव गुरुङले जानकारी दिए ।

बैठकले १२५ सदस्यीय महानगर कमिटीसमेत टुङ्गो लगाएर अनुमोदनका लागि सिफारिस गरिएको बताइएको छ । गाउँपालिकामा लामो समय नेतृत्व चयन नहुँदा पार्टीका गतिविधि नहुँदा कार्यकर्ताले निरासा व्यक्त गरेका थिए ।

पार्टी समायोजनका काम सम्पन्न भएपछि नेकपाले आगामी चैत १ गतेदेखि शुभारम्भ हुने तीनमहिने जनसम्बन्ध विकास तथा सङ्गठन सुदृढीकरण केन्द्रीय अभियानमा जिल्लामा सञ्चालन गर्ने पार्टी अध्यक्ष कृष्ण थापाले बताए ।

अभियानका क्रममा जनवर्गीय सङ्गठनको एकतालाई पूर्णता दिइने, निर्वाचन क्षेत्रीय कमिटी गठन, सल्लाहकार परिषद्, ज्येष्ठ कम्युनिष्ट मञ्च बनाउने तथा दुवै तर्फका पार्टी सदस्यलाई एकाइमा गोलबन्द गर्ने र चैत मसान्त भित्रमा सबै नवीकरण सम्पन्न गरिने थापाले उल्लेख गरे।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ७ : ०१ बजे

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक