आज कामदा एकादशी : प्रेम, तपस्या र भक्तिको कथा « Khabarhub

आज कामदा एकादशी : प्रेम, तपस्या र भक्तिको कथा


२२ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज अर्थात चैत्र शुक्लपक्ष तिथिमा पर्ने एकादशीलाई कामदा एकादशी भनिन्छ । यस दिन चोखो नितो गरेर श्रद्दापुर्वक ब्रत बस्ने मानिसको इच्छा बमोजिम फल प्राप्त हुने धार्मिक विश्वास रहदै आएको छ ।

कामदा एकादशीको कथा अनुसार राजा युधिष्ठिरले भगवान श्रीकृष्णसँग चैत शुक्लपक्ष तिथिमा पर्ने एकादशीको बारेमा जिज्ञाशा राखेको र कृष्णले सबिस्तार बताएको कथा छ ।

युधिष्ठिरको जिज्ञाशामा भगवान श्रीकृष्णले भन्नुभयो, हे युधिष्ठिर चैत शुक्लपक्ष तिथिमा पर्ने एकादशीको नाम कामदा हो । यस एकादशीको भक्तिपुर्वक ब्रत गरेमा सम्पुर्ण पापहरु नाश भई पुण्य प्राप्त हुन्छ ।

तब युधिष्ठिर पुनः प्रश्न गर्छन्, हे कृष्ण यो एकादशीको ब्रत कसले आरम्भ गर्याे र कसरी गर्नुपर्दछ । यसबारे पनि विस्तार गर्नुहोस् । तब श्रीकृष्ण आज्ञा गर्नुहुन्छ, हे युधिष्ठिर रत्नपुर नामको एक सुन्दर राज्यमा एउटा बिशाल सुनको महल थियो ।

त्यहि एउटा नागलोक पनि थियो जहाँ भयङ्कर नागहरु बस्दथे । त्यो सुनको महलमा क्रुर पुण्डरिक नामका राजाले राज्य गर्दथे । राजा पुण्डरिकको सभामा केहि गन्धर्बहरु गित गाउथे भने अप्सराले नृत्य गरेर राजालाई खुसी तुल्याउथे ।

त्यहि गन्धर्व र अप्सराको समूहमा एक प्रेमिल जोडी ललित र ललिताले आफ्नो प्रस्तुति देखाउने गर्दथे । ललित र ललिता एकअर्काको प्रेममा अति मोहित थिए । यि दुबैको प्रेम निकै चरम अवस्थामा थियो । एकदिन गन्धर्व ललितले राजा सामु आफ्नो गीत गाउँदा गाउदै आफ्नो प्रेमिका ललितालाई सम्झन पुगे । सोहि बेला उनको सुर र ताल बिगिर्याे ।

सभामा भएका नागहरुले ललितले सुर ताल बिगार्नुमा उनले आफ्नो प्रेमिका सम्झिएको भनेर सुनाइ दिए । त्यसपछि पुण्डरीक राजाले ललितको त्यो गल्तिमा राक्षस बन्ने श्राप दिए । श्राप पाएपछि ललित राक्षस बने ।

उनको अनुहारमा भयङ्कर परिवर्तन आयो, उनको रुप बिग्रीयो । जसका कारण ललितकी प्रेमिका ललिता प्रेमीको त्यो रुप देखेर दुखित हुदै समस्याको समाधान माग्न एक ऋषिको पुगिन् । त्यहा उनले ऋषिलाई सविस्तार समस्या सुनाएपछि ऋषिले चैत शुक्लपक्ष तिथिको एकादशी ब्रत बस्न अह्राउछन् ।

ऋषिको सल्लाहमा ललिताले चैत शुक्लपक्षको कामदा एकादशीको ब्रत गर्छिन् । ललिताले चोखोनितो भएर श्रद्दापुर्वक गरेको कामदा एकादशीको ब्रतका कारणले उनको प्रेमी पुनः पुरानो स्वरुपमा फर्किन्छन् र उनको राक्षसरुप हराएर जान्छ । त्यहि बेला देखि कामदा एकादशीको महत्व रहने गरेको छ । श्रीकृष्ण र युधिष्ठिर बिचको यो संवाद नै कालान्तरमा कामदा एकादशीको कथा बन्न पुग्यो ।

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  ६ : ०६ बजे

प्रधानसेनापतिले भने : क्षेत्रीय सुरक्षाको अवस्था चुनौतीपूर्ण बन्दै गएको छ

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले वर्तमान अन्तरराष्ट्रिय तथा क्षेत्रीय सुरक्षाको

माघ १० देखि काठमाडौं महानगरले सहिद सप्ताह सुरु गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले यही माघ १० गते शनिबारदेखि सहिद

आचारसंहिता उल्लंघन गरेपछि कोशीका मुख्यमन्त्रीलाई सोधियो तीन दिने स्पष्टीकरण

काठमाडौँ- कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीलाई स्पष्टीकरण सोधिएको छ

वार्षिक प्रतिवेदन नबुझाएसम्म सहकारी खारेजीका लागि अनुमति नदिने

काठमाडौं – काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा रहेको सहकारीलाई वार्षिक

राप्रपाका उम्मेदवार भण्डारीलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का उम्मेदवार डा सुरेन्द्र सुरेन्द्र भण्डारीलाई