आज कामदा एकादशी : प्रेम, तपस्या र भक्तिको कथा « Khabarhub

आज कामदा एकादशी : प्रेम, तपस्या र भक्तिको कथा


२२ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज अर्थात चैत्र शुक्लपक्ष तिथिमा पर्ने एकादशीलाई कामदा एकादशी भनिन्छ । यस दिन चोखो नितो गरेर श्रद्दापुर्वक ब्रत बस्ने मानिसको इच्छा बमोजिम फल प्राप्त हुने धार्मिक विश्वास रहदै आएको छ ।

कामदा एकादशीको कथा अनुसार राजा युधिष्ठिरले भगवान श्रीकृष्णसँग चैत शुक्लपक्ष तिथिमा पर्ने एकादशीको बारेमा जिज्ञाशा राखेको र कृष्णले सबिस्तार बताएको कथा छ ।

युधिष्ठिरको जिज्ञाशामा भगवान श्रीकृष्णले भन्नुभयो, हे युधिष्ठिर चैत शुक्लपक्ष तिथिमा पर्ने एकादशीको नाम कामदा हो । यस एकादशीको भक्तिपुर्वक ब्रत गरेमा सम्पुर्ण पापहरु नाश भई पुण्य प्राप्त हुन्छ ।

तब युधिष्ठिर पुनः प्रश्न गर्छन्, हे कृष्ण यो एकादशीको ब्रत कसले आरम्भ गर्याे र कसरी गर्नुपर्दछ । यसबारे पनि विस्तार गर्नुहोस् । तब श्रीकृष्ण आज्ञा गर्नुहुन्छ, हे युधिष्ठिर रत्नपुर नामको एक सुन्दर राज्यमा एउटा बिशाल सुनको महल थियो ।

त्यहि एउटा नागलोक पनि थियो जहाँ भयङ्कर नागहरु बस्दथे । त्यो सुनको महलमा क्रुर पुण्डरिक नामका राजाले राज्य गर्दथे । राजा पुण्डरिकको सभामा केहि गन्धर्बहरु गित गाउथे भने अप्सराले नृत्य गरेर राजालाई खुसी तुल्याउथे ।

त्यहि गन्धर्व र अप्सराको समूहमा एक प्रेमिल जोडी ललित र ललिताले आफ्नो प्रस्तुति देखाउने गर्दथे । ललित र ललिता एकअर्काको प्रेममा अति मोहित थिए । यि दुबैको प्रेम निकै चरम अवस्थामा थियो । एकदिन गन्धर्व ललितले राजा सामु आफ्नो गीत गाउँदा गाउदै आफ्नो प्रेमिका ललितालाई सम्झन पुगे । सोहि बेला उनको सुर र ताल बिगिर्याे ।

सभामा भएका नागहरुले ललितले सुर ताल बिगार्नुमा उनले आफ्नो प्रेमिका सम्झिएको भनेर सुनाइ दिए । त्यसपछि पुण्डरीक राजाले ललितको त्यो गल्तिमा राक्षस बन्ने श्राप दिए । श्राप पाएपछि ललित राक्षस बने ।

उनको अनुहारमा भयङ्कर परिवर्तन आयो, उनको रुप बिग्रीयो । जसका कारण ललितकी प्रेमिका ललिता प्रेमीको त्यो रुप देखेर दुखित हुदै समस्याको समाधान माग्न एक ऋषिको पुगिन् । त्यहा उनले ऋषिलाई सविस्तार समस्या सुनाएपछि ऋषिले चैत शुक्लपक्ष तिथिको एकादशी ब्रत बस्न अह्राउछन् ।

ऋषिको सल्लाहमा ललिताले चैत शुक्लपक्षको कामदा एकादशीको ब्रत गर्छिन् । ललिताले चोखोनितो भएर श्रद्दापुर्वक गरेको कामदा एकादशीको ब्रतका कारणले उनको प्रेमी पुनः पुरानो स्वरुपमा फर्किन्छन् र उनको राक्षसरुप हराएर जान्छ । त्यहि बेला देखि कामदा एकादशीको महत्व रहने गरेको छ । श्रीकृष्ण र युधिष्ठिर बिचको यो संवाद नै कालान्तरमा कामदा एकादशीको कथा बन्न पुग्यो ।

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  ६ : ०६ बजे

साँगामा यसरी बन्दैछ अण्डरपास

भक्तपुर– करिब तीन वर्षदेखि ६ लेनमा स्तरोन्नति भइरहेको सूर्यविनायक–धुलिखेल सडक

प्रधानमन्त्रीलाई सागर ढकालको प्रश्न- ‘स्वकीय सचिव हुनु नै कोषको अध्यक्ष बन्ने योग्यता हो ?’

काठमाडौँ- प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको

सुनसरी प्रशासनद्वारा इनरुवामा ग्यास पसल अनुगमन

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवामा रहेको ग्यास पसलहरुको अनुगमन

सरकारको मापदण्डमा सुमनाको कटाक्ष: ‘आफूले गरे योगदानको कदर, अरूले गरे नातावाद’

काठमाडौँ – पूर्वमन्त्री सुमना श्रेष्ठले सरकारको कार्यशैली र नियुक्ति प्रक्रियामा

नयाँ सांसदलाई अभिमुखीकरण दिँदै रास्वपा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदका लागि