जर्मनीमा दुईभन्दा बढी मानिस एकै ठाउँ उभिए ५ सय युरो जरिवाना « Khabarhub

जर्मनीमा दुईभन्दा बढी मानिस एकै ठाउँ उभिए ५ सय युरो जरिवाना


२२ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्‍वभर कोरोना भाइरस (कोभिड-१९) को त्रास फैलिइरहँदा जर्मनीमा विशेष सावधानी अपनाइने भएको छ । अब सडकमा दुईभन्दा बढी मानिस उभिए ५ सय युरो जरिवाना तिर्नु पर्नेछ। यो नियम हिजो (तीन अप्रिल)देखि लागू भएको हो ।

जर्मनीकी चान्सलर एङगेला मर्केलले जनतालाई घर नछाड्न आदेश दिँदै यस्तो जानकारी गराएकी हुन्। किराना पसल र मेडिकलमा भने यो लागू हुने छैन।

यसका साथै जर्मन सरकारले मानिसहरुलाई पाँच फिटको सामाजिक दूरी कायम गर्न भनेको छ भने दुईभन्दा बढी मानिस भेला हुन प्रतिबन्ध गरेको छ।

यस्तै त्यहाँका १६ स्थानीय सरकारहरुले पनि सोही नियमको पालना गराउन आफ्नो स्थानीय निकायमा जानकारी गराएका छन्।

जर्मनीको सबैभन्दा ठूलो राज्‍य बाभारियामा सबैभन्दा धेरै कोरोना भाइरसको संक्रमितको पुष्टि भएको छ। त्‍यहाँ कम्तीमा पनि १ हजार ८ सयभन्दा बढीजनामा कोरोना पोजिटिभ देखिएको छ।

जर्मनीमा ९१ हजार १५९ जना कोभिड १९ बाट संक्रमित छन्।

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  ७ : ०२ बजे

माङसेबुङमा अपाङ्गता भएका नागरिकका घरपरिवारलाई बीमा कार्यक्रम

इलाम– इलामको माङसेबुङ गाउँपालिकाले सबै अपाङ्गता भएका परिवालाई निःशुल्क स्वास्थ्य

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् ।

मकवानपुरमा खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एकको शव फेला

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरमालिका–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता

रास्वपा सभापति लामिछानेले आफ्ना सांसद र मन्त्रीहरुसँग छलफल गर्दै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री