जर्मनीमा कोरोना भाइरसका कारण एकैदिन ६ हजार ३६५ नयाँ संक्रमित « Khabarhub

जर्मनीमा कोरोना भाइरसका कारण एकैदिन ६ हजार ३६५ नयाँ संक्रमित


२२ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण जर्मनीमा पनि तीव्र देखिएको छ ।

जर्मनीमा पछिल्लो २४ घण्टामा १६८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १ हजार २७५ पुगेको छ ।

जर्मनीमा एकैदिन ६ हजार ३६५ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ९१ हजार १५९ पुगेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक जर्मनीमा पनि तीव्र देखिएको छ ।

जर्मनीमा संक्रमितमध्ये २४ हजार ५७५ जना उपचारपछि निको भएका छन् । ३ हजार ९३६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने २६ हजार ३०९ जना उपचाररत छन् ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण १० लाख ९७ हजार ८१० जनामा पुगेको छ ।

यो संक्रमणबाट ५९ हजार १४० जनाले ज्यान गुमाएका छन् । संक्रमतिमध्ये २ लाख २८ हजार ४०५ जना उपचारपछि निको भएर घर फर्किएको सुखद खबर छ ।

अहिले ८ लाख १० हजार २६५ जना कोरोना संक्रमितको विश्वका विभिन्न देशका अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये ३९ हजार ४३९ जनाको अवस्था गम्भीर छ ।

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले विश्वका २०५ देशमा पुगेको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  ७ : २७ बजे

बनेपामा आजदेखि चण्डेश्वरी भगवती जात्रा

काभ्रेपलाञ्चोक – जिल्लाको बनेपामा नगर हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी

‘प्रधानमन्त्रीले सुकुम्वासीमाथि अत्याचार गरे, राज्य आतंक मच्चाए’

भूमिअधिकारकर्मी जगत देउजा पछिल्लो समय वालेन्द्र शाह नेतृत्वको सरकारले सुकुम्वासीहरूमाथि

दश अर्ब ७० करोड बढीको अलैँची निर्यात

भद्रपुर– मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को चैत

पहिरोले डोजर पुर्दा चालकको मृत्यु

म्याग्दी– यहाँको रघुगङ्गा गाउँपालिका–१ बेगमा आज पहिरोले डोजर पुर्दा चालकको