अमेरिकाले तीन लाखभन्दा बढी मास्क चोरेको जर्मनीको आरोप « Khabarhub

अमेरिकाले तीन लाखभन्दा बढी मास्क चोरेको जर्मनीको आरोप


२२ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकाले तीन लाख बटाभन्दा बढी मास्क चोरेको जर्मनीले आरोप लगाएको छ ।

जर्मन लैजान ठिक्क पारिएका तीन लाख बटाभन्दा बढी मास्क अमेरिकातर्फ लगिएपछि जर्मनीले अमेरिकामाथि ‘आधुनिक डकैती’ को समेत संज्ञा दिएको छ ।

जर्मन मन्त्री गिजेलले त्यसरी बर्लिन ल्याउन लागिएको मास्कलाई अन्यत्र लगिनु ‘आधुनिक डकैती’ सरह भएको बताए।

उनले ट्रम्प प्रशासनलाई व्यापारका नियम मान्न भनेका छन्।  विश्वव्यापी महामारीले संकट भएकाबेला जबरजस्ती नगर्न पनि उनले चेतावनी दिएका छन् ।

बर्लिनस्थित एक स्थानीय सरकारले अमेरिकामा बनाइएका ती मास्क ब्याङ्ककमा जफत गरिएको बताएको छ।

बर्लिनको प्रहरीका निम्ति मगाइएका ती एफएफपीटू मास्क गन्तव्य पुग्न नपाएको बीबीसीले जनाएको छ ।

बर्लिनका आन्तरिक मामिलामन्त्री आन्द्रियास गिजेलले ती मास्क अमेरिकातर्फ लगिएको ठानिएको बताएका छन् ।

मास्क निर्माता अमेरिकी कम्पनी थ्री एमलाई कोरियाली युद्धताका निर्मित कानुनको उपयोग गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना उत्पादन अन्य देशमा निर्यात गर्नबाट प्रतिबन्ध लगाइदिएका थिए।

ट्रम्पका अनुसार झन्डै दुई लाख एन९५ रेस्पिरेटर मास्क, एक लाख ३० हजार सर्जिकल मास्क तथा छ लाख पन्जा जफत गरेर अमेरिकी अधिकारीहरूले कब्जामा लिएका छन्।

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  १० : २१ बजे

चन्द्रागिरिलाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै

काठमाडौं– चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै छ

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा