नेपालमा कोरोना संक्रमितको संख्या ९ पुग्यो, नयाँ ३ जनामा देखियो संक्रमण | Khabarhub Khabarhub

नेपालमा कोरोना संक्रमितको संख्या ९ पुग्यो, नयाँ ३ जनामा देखियो संक्रमण


२२ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ३ जना नयाँ व्यक्तिमा संक्रमण देखिएसँगै संक्रमितको संख्या ९ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय युवक, भारतको उत्तराखण्डबाट कञ्चनपुर फर्किएका ४१ वर्षीय पुरुष र यसअघि कैलालीमा कोरोना संक्रमण देखिएका ३४ वर्षीय पुरुषका आफन्त ३४ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको जनाएको छ ।

नेपालमा चौथो संक्रमितको रुपमा कोरोना पोजेटिभ देखिएका कैलालीको धनगढीका युवाकी भाउजुमा कोरोना संक्रमण देखिएको हो ।

यूएईको दुबईबाट नेपाल आएका ३५ वर्षीय युवक चैत ११ गते सेती प्रादेशिक अस्पताल धनगढीमा भर्ना भएका थिए । स्वाव संकलन गरी परीक्षण गर्ने क्रममा उनमा कोरोना पोजेटिभ देखिएको थियो ।

उनमा कोरोना पोजेटिभ देखिएसँगै स्थानीय प्रशासनले उनको परिवारका सदस्यहरुलाई समेत आइसोलेसनमा भर्ना गरेको थियो । परिवारका सदस्यहरु सबैको स्वाव संकलन गरी परीक्षण गर्ने क्रममा उनकी भाउजु नाता पर्ने ३४ वर्षीया महिलामा पोजेटिभ देखिएको हो ।

यस्तै, भारतबाट आएका २ अन्य युवामा पनि कोरोनाको संक्रमण देखिएको छ । कोरोना संक्रमण देखिएकामध्ये कञ्चनपुरका ४१ वर्षीय पुरुष भने लुकेर सीमा नाकाबाट भित्र छिरेका थिए । भारतको उत्तराखण्डबाट नेपाल भित्रिएका उनी उच्च ज्वरो आए पछि अस्पतालको सम्पर्कमा आएका थिए । अस्पतालले स्वाव संकलन गरी परीक्षणका लागि पठाएको थियो । परीक्षणका क्रममा उनमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । उनीसँगै अन्य करिब ४ जना पनि लुकिछिपी सीमाबाट नेपाल प्रवेश गरेका जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले उनीहरुको खोजी भइरहेको जानकारी दिएको छ ।

नयाँ ३ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ९ पुगेको छ । जसमध्येका १ जना उपचारपछि निको भएर घर गइसकेका छन् ।

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  १ : ०७ बजे

कम्बोडियाले युद्धविरामको ‘उल्लङ्घन’ गरेको थाइल्यान्डको आरोप

एजेन्सी –थाइल्यान्डले बुधबार कम्बोडियालाई सीमापार लडाइँ अन्त्य गर्न युद्धविराम सम्झौताको

‘सहरी र ग्रामीण स्वास्थ्य सेवामा ठूलो खाडल छ’

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले ग्रामीण क्षेत्रमा दक्ष चिकित्सक, नर्स,

भैरहवामा रास्वपा दलको बैठक, केही सांसदले जेल पुगेर भेटे रविलाई

भैरहवा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक भैरहवामा

राष्ट्रियसभा बैठकमा मन्त्रीहरू नै निदाएपछि…

काठमाडौं– राष्ट्रियसभा बैठकमा मन्त्रीहरू निदाएका छन् ।  नेपालको अतिकम विकसित राष्ट्रबाट

सिरहामा ८० वर्षीय वृद्धको हत्या

सिरहा– जिल्लाको धनगढीमाई नगरपालिका-११ आमचोकमा ८० वर्षीय फनिलाल यादवको आफ्नै