पहिलोपटक नेपालभित्रै एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना सरेको प्रमाणित « Khabarhub

पहिलोपटक नेपालभित्रै एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना सरेको प्रमाणित


२२ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमै पहिलोपटक एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना सरेको ‘केस’ फेला परेको छ । यसअघि विदेशबाट आएका व्यक्तिमा मात्रै कोरोना संक्रमण देखिएको थियो ।

शनिबार भने कैलालीकी एक ३४ वर्षीया महिलामा कोरोना संक्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ती महिला यसअघि कोरोना संक्रमण देखिएका ३४ वर्षीय यवुककी आफन्त हुन् ।

चैत ८ गते दुबईबाट नेपाल आएका युवक स्वास्थ्यमा समस्या देखिएपछि ११ गते धनगढीस्थित सेती प्रादेशिक अस्पताल भर्ना भएका थिए । स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएकोमा नतिजा सकारात्मक (पोजेटिभ) आएको थियो ।

सेती प्रादेशिक अस्पतालका एक चिकित्सकका अनुसार ती ३४ वर्षीया युवकबाटै महिलामा पनि कोरोना सरेको हुन सक्छ ।

शनिबार मात्रै सुदूरपश्चिम प्रदेशका ३ जनामा कोरोना संक्रमण देखिएपछि नेपालमा संक्रमितको संख्या ९ पुगेको छ ।

मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय र उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष तथा कैलालीको ३४ वर्षीया महिलामा कोभिड–१९ को सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। वासुदेव पाण्डेले जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीनै जना ‘नयाँ’ संक्रमितको अहिले धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

नेपालमा पहिलोपटक गत माघ ९ गते चीनबाट नेपाल आएका विद्यार्थीमा कोभिड–१९ को सङ्क्रमण देखिएको थियो । उनी निको भई घर फर्किसकेका छन् । अन्य सङ्क्रमितको भने आइसोसेलनमा राखि उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  २ : ०६ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर