चिनियाँहरुको शोकमा प्रधानमन्त्री ओलीको ऐक्यवद्धता « Khabarhub

चिनियाँहरुको शोकमा प्रधानमन्त्री ओलीको ऐक्यवद्धता


२२ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले चीनले आज मनाइरहेको राष्ट्रिय शोकमा ऐक्यवद्धता जनाएका छन् ।

आफ्नो व्यक्तिगत ट्वीटर ह्यान्डलमा एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्– नेपाल सरकार, नेपाली जनता र मेरो व्यक्तिगत तर्फबाट चीन सरकार र त्यहाँका जनताप्रति राष्ट्रिय शोक दिवसमा कोभिड १९ सँग लडेर ज्यान गुमाउने हिरोहरुको सम्झनामा ऐक्यवद्धता जनाउँछु ।

चीनमा कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको सम्झनामा शनिवार विहान मौनधारण गरी शोक दिवस मनाइएको छ । स्थानीय समयानुसार बिहान १० बजेदेखि ३ मिनेटसम्म मौनधारण गरिएको थियो । मौनधारण कार्यक्रममा राष्ट्रपति सि जिनफिङलगायतका विशिष्ट व्यक्तिहरु पनि सहभागीता रहेको थियो ।

मौनधारणमा सहभागीहरुले मृतकको सम्मान र सम्झना गरेको अधिकारीहरुले जनाएका छन् । मौनधारणका बेला सबै सवारी साधनहरु जहाँको तहिँ रोकिएका थिए भने, राष्ट्रिय झण्डा झुकाइएको थियो ।

मौनधारण कार्यक्रम चीन बाहिर रहेका कुटनितिक निकायहरुमा समेत गरिएको थियो । यस कार्यक्रममा करौडौ व्यक्ति सहभागी रहेको समाचारमा जनाइएको छ ।

गत डिसेम्बर महिनाको अन्त्यबाट चीनको हुबे प्रान्तको उहान शहरबाट शुरु भएको कोरोना भाइरसको सङ्क्रमणबाट चीनमा ३ हजार ३२६ व्यक्तिको मृत्यु भइसकेको छ । यस भाइरसको कारण अझै पनि ८१ हजार भन्दा बढी व्यक्ति अझै पनि सङ्क्रमित रहेका छन् ।

कोरोना भाइरसको सङ्क्रमणबाट चीनमा १४ जना स्वास्थ्यकर्मीले पनि ज्यान गुमाएका छन् । श्वासप्रश्वास सम्बन्धी समस्या निम्त्याउने नौलो संक्रमण फैलिएको पत्ता लगाउने चिकिसक लि बेन्लियाङको पनि सोही संक्रमणका कारण मृत्यु भएको थियो ।

चीनमा दिवङ्गत मान्छेको सम्झना गरिने चिन्मिङ पर्वको अवसर पारेर सरकारले मौनधारण कार्यक्रम तय गरेको बताइएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  २ : ४३ बजे

चिसोले इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको मृत्यु

एजेन्सी– अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन

सामुदायिक रेडियो नै समुदायको आवाज हो : मुख्यमन्त्री बानियाँ

चितवन– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सामुदायिक रेडियोहरू समुदाय केन्द्रित

दोस्रो महानगरस्तरीय बडीबिल्डिङ च्याम्पियनसिप जेठ २९ र ३० मा

काठमाडौं– काठमाडौँ महानगरपालिकाको वडा नम्बर २२ को आयोजनामा आउँदो वर्ष

समाज परिवर्तनका लागि राजनीति गरिनुपर्छ : मन्त्री घिसिङ

चितवन– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले समाज परिवर्तन र

काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

म्याग्दी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न