२४ घण्टासम्म हजार जनाको बीचमा थिए कैलालीका कोरोना संक्रमित युवक « Khabarhub

२४ घण्टासम्म हजार जनाको बीचमा थिए कैलालीका कोरोना संक्रमित युवक


२२ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

धनगढी– शनिबार कोरोना भाइरस संक्रमणको पुष्टि भएका सुदूरपश्चिमका ३ जनामध्ये कैलालीका १ युवकले भारतबाट नेपाल आउँदा १ हजार भन्दा बढी जनाको भिडमा २४ घण्टा विताएको खुलेको छ ।

कैलालीको लम्कीचुहा नगरपालिका घर भइका २१ वर्षीय युवक गत चैत ११ गते कैलालीको त्रिनगर (गौरीफन्टा) नाकामा जम्मा भएको करिब १ हजार जनाको भिडमा २४ घण्टा बसेर आएको खुलेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार, सरकारले लकडाउन र सीमा नाका बन्द गरे लगत्तै उनी कैलालीको गौरीफन्टा नाकामा नेपाल प्रवेश गर्न पाउनुपर्ने माग गर्दै नाराबाजीमा उत्रिएको भीडमा सहभागी थिए ।

पछि मन्त्रीपरिषद् बैठकको निर्णयपछि सीमामा रोकिएका ९ सय ९९ जनालाई प्रहरीले २१ वटा बस मार्फत गन्तव्य पठाएको थियो ।

११ गते साँझ नै लम्की पुगेका उनलाई १२ गते बिहान मात्र लम्कीचुहा नगरपालिका वडा नम्बर ९ को प्रतापपुर सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टाईनमा राखिएको थियो ।

उनको निगरानीमा संलग्न स्वास्थ्यकर्मीका अनुसार १२ गते बिहान घरबाटै युवकलाई क्वारेन्टाइनमा ल्याइएको थियो । नमूना संकलन गरी परिक्षणका लागि काठमाडौं ल्याइएकोमा शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनमा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिएको हो ।

कोरोना संक्रमण भएको रिपोर्ट सार्वजनिक भएपछि उनलाई अहिले एम्बुलेन्समार्फत सेती प्रादेशिक अस्पताल पु¥याइएको छ ।

तर, गौरीफन्टा नाकाबाट ती युवकसँगै फर्किएका अधिकांश घर गएका छन् । त्यसमध्ये धेरै व्यक्ति भने क्वारेन्टाइनमा नबसी सिधै परिवारको तथा गाउँलेको सम्पर्कमा पुगेका छन् । जसका कारण अहिले सुदूरपश्चिमका ९ वटै जिल्लामा कोरोनो संक्रमणको त्रास बढेको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  ५ : ०९ बजे

कन्सर्टका लागि भारतीय गायक नवजोत काठमाडौंमा

काठमाडौं – चर्चित भारतीय गायक नवजोत आहुजा कन्सर्टका लागि काठमाडौं

रास्वपा बैठकमा उठ्यो प्रश्न- ग्यासको आपूर्ति बढाउँदा पनि किन अभाव देखियो ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीं(रास्वपा)का सांसदहरुले वैशाख महिनामा बजारमा करिब २२ लाख

अझै सुरु भएन प्रतिनिधिसभा बैठक

काठमाडौं– प्रतिनिधिसभाको आज दिउँसो १ बजेका लागि निर्धारित बैठक अझै

कोशीमा सत्तासहकार्य टुटेपछि कांग्रेसले समर्थन फिर्ता लियो

विराटनगर- कोशी प्रदेशमा सत्तासमीकरण फेरिएसँगै नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन

भन्सार छली गरी ल्याएको सुनसहित एकजना पक्राउ

कैलाली– धनगढी उपमहानगरपालिका-१ बाट भन्सार छली गरी ल्याएको ८१ ग्राम ८