कांग्रेसले सोध्यो: सरकार ! अझै साइत कुर्ने कि व्यापक परीक्षणमा लाग्ने ? « Khabarhub

कांग्रेसले सोध्यो: सरकार ! अझै साइत कुर्ने कि व्यापक परीक्षणमा लाग्ने ?


२२ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कैलालीमा एक स्थानीय महिलामा कोरोना संक्रमण देखिएको बिषय गम्भीरतापूर्वक लिएर परीक्षणको दायरा बढाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार एक विज्ञप्ती जारी गर्दै कोरोना भाइरसको परीक्षणलाई व्यापक बनाउन माग गरेका हुन् ।

विज्ञप्तीमा यसअघि संक्रमण देखिएका ६ जना सबै बिदेशबाट आएका नेपाली भएको र सातौं संक्रमण स्थानीयमा देखिनुको अर्थ गम्भीरताको दोस्रो चरणमा पुगेको भन्दै थप सतर्कता आवश्यक रहेको उल्लेख छ ।

विज्ञप्तीमा भनिएको छ,‘महिलाले संक्रमण कहिँ बाहिरबाट लिएर आइनन्, हाम्रो गम्भीर सतर्कता नपुग्नुको परिणाममा उनी संक्रमित बन्न पुगिन् ।’ समयमै अन्तर्राष्ट्रिय उडान नरोक्नु, विदेशबाट आएका नेपालीलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने र परिक्षणको दायरा विस्तार गरेको भए अहिले संक्रमणको जोखम बढि नहुने कांग्रेसको भनाइ छ ।

प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तीमा भनिएको छ,‘सरकारलाई हाम्रो अपील छ, यस अघि संक्रमित देखिएका सबैको परिवारजन, छरछिमेकी र घुलमिल भएका साथी समूहको परीक्षण, परीक्षण र परीक्षण, तत्काल, तत्काल र तत्काल गरौं ।’

विदेशबाट आएका सबैलाई तत्काल अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्न कडाइका साथ सूचना जारी गर्न र सबै स्थानीय तह तथा स्थानीय प्रशासनमार्फत सूचनालाई कडाइका साथ कार्यान्वयन गर्न समेत कांग्रेसले आग्रह गरेको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  ५ : ३५ बजे

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज ३१ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने