राजपा भन्छ : नेपाली सेनालाई विवादमा नतानौँ « Khabarhub

राजपा भन्छ : नेपाली सेनालाई विवादमा नतानौँ


२२ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा नेपाली सेनालाई विवादमा नतान्न आग्रह गरेको छ । राजपा सहमहामन्त्री डा सुरेन्द्रकुमार झाले शनिबार एक वक्तव्य जारी गरी यस्तो आग्रह गरेका हुन् ।

झाले सरकारले विपत्तिको घडीमा सहयोग लिन खोज्दा सेना पन्छिन नसक्ने बताएका छन् ।

उनले विज्ञप्तिमा भनेका छन्, ‘हरेक विपत्तिको समयमा सेनाको भूमिका अग्रणी रहँदै आएको छ र कोरोना नियन्त्रणमा पनि स्वास्थ्यकर्मी पछि उसैको भूमिका महत्वपूर्ण हुने हो । सेनाले स्वास्थ्य उपकरणको नाममा व्यापार गर्ने उद्देश्य राखेको बुझिँदैन, सरकारले विपत्तिको घडीमा सहयोग लिन खोज्दा उसले पन्छिन सक्दैन ।’

झाले खरिद प्रक्रिया सेनालाई दिने सरकारको निर्णयमा भने असन्तुष्टि जनाएका छन् । औषधि तथा स्वास्थ्य सामग्री खरिदको जिम्मा नेपाली सेनालाई दिने सरकारी निर्णय अहिलेको राजनीतिक र प्रशासनिक असक्षमताको उपज भएको उनको आरोप छ ।

सेनाले सरकारी निर्णय कार्यान्वयन गर्नुपर्ने र सेनालाई विवादमा तान्न नहुने उनको भनाइ छ ।

सहमहामन्त्री झाले वक्तव्यमा विश्वमा नेपाली सेनाको सम्मानित र व्यावसायिक छवि रहेको भन्दै राजनीतिक आवरणको एउटा जत्था वर्षौदेखि सेनाको बदनामीका निम्ति नियोजित रूपमा लागेको आरोप लगाएका छन् ।

उनले आफ्नो वक्तव्यमा सेनालाई विवादमा तान्ने, अनावश्यक रूपमा जिस्क्याउने या उसलाई तेजोबध गर्ने काम स्वीकार्य नहुने समेत उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘हरेक विपत्तिमा नेपालीको भरपर्दो सहारा सेना हो भन्ने नभुलौँ ।’

झाले अहिले राजनीतिक र प्रशासनिक असक्षमता तथा भ्रष्टाचारप्रति निरन्तर खबरदारी र प्रहार गर्न पनि आग्रह गरेका छन् ।

सहमहामन्त्री झाले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामा पनि असन्तुष्टि प्रकट गरेका छन् । उनले राष्ट्रपति भण्डारीलाई संविधान बमोजिम काम गर्न र दशगजामा अलपत्र परेका र देशभित्रका गरिब निमुखा नेपालीहरूका बारेमा चिन्ता गर्नसमेत आग्रह गरेका छन् ।

झाले नैतिकताका आधारमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले राजीनामा दिनुपर्ने माग पनि गरेका छन् ।

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  ७ : १६ बजे

जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम

बाँके– नेपालगञ्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ

बालेन सरकार

काठमाडौँ – भदौ २३ र २४ को आन्दोलनपछि बनेको सरकारले

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

नवलपरासी पश्चिम– नवलपरासी पश्चिमको महेशपुर भन्सार कार्यालयले ६ महिनासम्म लक्ष्यअनुसार

बालेनलाई दुर्गमका आमाको प्रश्न- कहिलेसम्म हामी बाटोमै सुत्केरी हुनुपर्ने ?

काठमाडौँ – “सुदूर अब दूर नाई, झिक्कै–झिक्कै माया तम्लाई !”

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर– होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल पर्यटन