राजपा भन्छ : नेपाली सेनालाई विवादमा नतानौँ | Khabarhub Khabarhub

राजपा भन्छ : नेपाली सेनालाई विवादमा नतानौँ


२२ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा नेपाली सेनालाई विवादमा नतान्न आग्रह गरेको छ । राजपा सहमहामन्त्री डा सुरेन्द्रकुमार झाले शनिबार एक वक्तव्य जारी गरी यस्तो आग्रह गरेका हुन् ।

झाले सरकारले विपत्तिको घडीमा सहयोग लिन खोज्दा सेना पन्छिन नसक्ने बताएका छन् ।

उनले विज्ञप्तिमा भनेका छन्, ‘हरेक विपत्तिको समयमा सेनाको भूमिका अग्रणी रहँदै आएको छ र कोरोना नियन्त्रणमा पनि स्वास्थ्यकर्मी पछि उसैको भूमिका महत्वपूर्ण हुने हो । सेनाले स्वास्थ्य उपकरणको नाममा व्यापार गर्ने उद्देश्य राखेको बुझिँदैन, सरकारले विपत्तिको घडीमा सहयोग लिन खोज्दा उसले पन्छिन सक्दैन ।’

झाले खरिद प्रक्रिया सेनालाई दिने सरकारको निर्णयमा भने असन्तुष्टि जनाएका छन् । औषधि तथा स्वास्थ्य सामग्री खरिदको जिम्मा नेपाली सेनालाई दिने सरकारी निर्णय अहिलेको राजनीतिक र प्रशासनिक असक्षमताको उपज भएको उनको आरोप छ ।

सेनाले सरकारी निर्णय कार्यान्वयन गर्नुपर्ने र सेनालाई विवादमा तान्न नहुने उनको भनाइ छ ।

सहमहामन्त्री झाले वक्तव्यमा विश्वमा नेपाली सेनाको सम्मानित र व्यावसायिक छवि रहेको भन्दै राजनीतिक आवरणको एउटा जत्था वर्षौदेखि सेनाको बदनामीका निम्ति नियोजित रूपमा लागेको आरोप लगाएका छन् ।

उनले आफ्नो वक्तव्यमा सेनालाई विवादमा तान्ने, अनावश्यक रूपमा जिस्क्याउने या उसलाई तेजोबध गर्ने काम स्वीकार्य नहुने समेत उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘हरेक विपत्तिमा नेपालीको भरपर्दो सहारा सेना हो भन्ने नभुलौँ ।’

झाले अहिले राजनीतिक र प्रशासनिक असक्षमता तथा भ्रष्टाचारप्रति निरन्तर खबरदारी र प्रहार गर्न पनि आग्रह गरेका छन् ।

सहमहामन्त्री झाले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामा पनि असन्तुष्टि प्रकट गरेका छन् । उनले राष्ट्रपति भण्डारीलाई संविधान बमोजिम काम गर्न र दशगजामा अलपत्र परेका र देशभित्रका गरिब निमुखा नेपालीहरूका बारेमा चिन्ता गर्नसमेत आग्रह गरेका छन् ।

झाले नैतिकताका आधारमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले राजीनामा दिनुपर्ने माग पनि गरेका छन् ।

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  ७ : १६ बजे

स्कुल सञ्चालकले कालो ब्यानरसहित सडकमा निकाले बस (तस्बिरहरू)

काठमाडौं– निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले शिक्षा

मासिक ५०० बालबालिकालाई स्वर्णबिन्दु खुवाउँदै आयुर्वेद तथा वैकल्पिक चिकित्सालय

चितवन– आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, रत्ननगरले विगत दुई वर्षदेखि बालबालिकालाई

गोकर्णेश्वर मेलाको तयारी पूरा

काठमाडौं– प्रत्येक वर्ष भाद्र कृष्ण औँशीका दिन राजधानीको उत्तरपूर्वी भेगस्थित

एम्बुलेन्स सेवामा एकरूपतास् सेवाका लागि देशभर एउटै नम्बर ‘१०२’ 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एम्बुलेन्स सेवाको सञ्चालनलाई एकीकृत गर्न

सीप सिकेर आफैँ उद्यम गर्दै मेचीनगरका महिला

झापा– मेचीनगर नगरपालिका–३ की सरस्वती बानियाँ सिलाइसम्बन्धी ‘एड्भान्स’ तालिम लिएपछि