बजार भाउभन्दा बढी मूल्य लिने व्यापारी पक्राउ « Khabarhub

बजार भाउभन्दा बढी मूल्य लिने व्यापारी पक्राउ


२२ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोलखा- कोरोना भाइरस सङ्क्रमणबाट सुरक्षित रहन देश लकडाउनमा रहेको अवस्थाको मौका छोपी बजार भाउभन्दा बढी मूल्य लिई सामान बिक्री गर्ने व्यापारीलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले पक्राउ गरेको छ ।

कपिलवस्तु जिल्ला विजयनगर गाउँपालिका घर भई चौतारा साँगाचोकगढी नगरपालिका–७ मेलचौरस्थित जयमाता वनदेवी फ्यूल सेन्टरका ३६ वर्षीय महेशकुमार चौधरीलाई पक्राउ गरिएको हो ।

उनले हालको बजार मूल्य पेट्रोल प्रतिलिटर रु ९६ मा बिक्री गर्नुपर्नेमा रु ११० मा बिक्री गरी बिल नदिएकाले कालोबजार ऐनअन्तर्गत मुद्दा चलाइएको सूचना अधिकृत एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

त्यस्तै लकडाउनको उल्लङ्घन गरी यात्रु बोकेको तीन वटा बलेरो जीपलाई नियन्त्रणमा लिई चालकलाई सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइएको छ ।

जीपमा रहेका २४ जना यात्रुलाई भने लामोसाँघुस्थित क्षेत्रीय क्वारेन्टाइनमा राखिएको छ । उनीहरु विभिन्न जिल्लाबाट मजदूरी गर्न आएका र बिनाअनुमति घर फर्कन लागेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  ८ : ०७ बजे

भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ

हुम्ला – खार्पुनाथ गाउँपालिका–४ का वडा सदस्य ६३ वर्षीय मक्कबहादुर

केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ – आइतबार दिउँसो मुलुकका केही स्थानमा मेघगर्जन र चट्याङसहित

राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाली सञ्चार जगत्लाई संविधानप्रदत्त अधिकारको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

अध्यादेशसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइए: को को परे ?

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी