कोरोनाका कारण स्वीजरल्याण्डमा २० हजार स्वास्थ्यकर्मी बेरोजगार ! « Khabarhub

कोरोनाका कारण स्वीजरल्याण्डमा २० हजार स्वास्थ्यकर्मी बेरोजगार !


२२ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पेरिस- विश्वव्यापीरुपमा कोरोना भाइरसको संक्रमण महामारीका रुपमा फैलिएको छ । यो बेला सबैभन्दा बढी खटिनुपर्ने अवस्थामा स्वास्थ्यकर्मी नै छन् ।

यस्तो बेला स्वास्थ्यकर्मीको माग झनै बढ्नु पर्ने हो । तर स्विजरल्याण्डमा भने हजारौं स्वास्थ्यकर्मी बेरोजगार बनेका छन् । त्यहाँ २० हजार स्वास्थ्यकर्मी बेरोजगार बनेको जनाइएको छ ।

उनीहरुले बेरोजगार भत्ताका लागि प्रशासनमा नाम समेत दर्ता गराएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

कोरोना भाइरसबाट संक्रमित, दुर्घटनामा परेका, गम्भीर रोगी र आपतकालीन अवस्थामा बाहेक अन्य रोगीको उपचार र शल्यक्रिया रोकिएपछि त्यहाँका स्वास्थ्यकर्मी बेरोजगार बनेको जनाइएको छ।

स्वीजरल्याण्डस्थित स्विस मेडिकल नेटवर्कका निर्देशक रेमण्ड लोरेटनका अनुसार निजीस्तरका अस्पतालले हाल आपातकालीन बाहेक अन्य सुविधा रोकेका छन् । मुलुककै ठूलो निजी अस्पतालमध्येमा पर्ने उनको अस्पतालका मात्रै तीन हजार स्वास्थ्यकर्मीले बेरोजगार भत्ताका लागि आवेदन दिएका छन् ।

 

प्रकाशित मिति : २२ चैत्र २०७६, शनिबार  ८ : २६ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार