कतारमा कोरोना भाइरस संक्रमितको संख्या १५ हजार ५ सय नाघ्यो | Khabarhub Khabarhub

कतारमा कोरोना भाइरस संक्रमितको संख्या १५ हजार ५ सय नाघ्यो


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कतारमा कोरोना संक्रमितको संख्या १५ हजार ५ सय नाघेको छ ।

कतारको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ सय ७९ जना नयाँमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएसँगै संक्रमितको संख्या १५ हजार ५ सय ५१ पुगेको छ ।

विश्वका २१२ देशमा फैलिएको कोरोनाको महामारी कतारमा पनि बढ्दै गएको छ । तर कतारमा कोरोना संक्रमित दर तीब्र देखिए पनि मृत्युदर भने कम छ ।

हालसम्म कतारमा संक्रमितमध्ये १२ जनाले ज्यान गुमाएका छन् । त्यस्तै १ हजार ६ सय ६४ जना उपचारपछि निको भएका छन् ।

कतारमा करिब ४ लाखको हारहारीमा नेपाली श्रमिक रहेको बताइन्छ । ठूलो संख्यामा नेपाली श्रमिकहरु रहेको हुँदा कतारस्थित नेपाली दूतावासले उनीहरुलाई सुरक्षा सतर्कता अपनाउन अनुरोध गरेको छ ।

 

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ९ : ०० बजे

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम

दक्षिण पेरुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

लिमा– दक्षिणी पेरुको पुनो क्षेत्रमा सोमबार बिहानै एउटा यात्रुवाहक बस

भक्तपुरमा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

भक्तपुर– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको मिलनचोकमा मंगलबार दुर्घटना हुँंदा एकजनाको मृत्यु

अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– अमेरिका पठाइदिने प्रलोभनमा एक करोड १८ लाख ५९ हजार

आहार विहारमा ध्यान दिए जस्तै ट्राफिक नियम पालना गरौँ : मुख्यमन्त्री अधिकारी

लेखनाथ– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले ट्राफिक नियम पालना गर्दा