प्रदेशको बजेट स्वास्थ्य र शिक्षामा केन्द्रित हुने | Khabarhub Khabarhub

प्रदेशको बजेट स्वास्थ्य र शिक्षामा केन्द्रित हुने


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले आगामी आर्थिक वर्षको बजेट स्वास्थ्य र शिक्षामा बढी केन्द्रित हुने बताए ।

शिक्षा पत्रकार समूहले आयोजना गरेको अनलाइन पत्रकार सम्मेलन तथा अन्तक्र्रियामा उनले यसअघिका बजेट भौतिक पूर्वाधारमा केन्द्रित हुने गरेको थियो भन्दै आगामी आर्थिक वर्षको बजेट स्वास्थ्य र शिक्षामा बढी केन्द्रित गरेर आउने जानकारी दिए ।

उनले बजेट निर्धारित मितिमै ल्याउनेबारे छलफल शुरु भएको भन्दै विश्वभर फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणमा खर्च गरिने बताए । उनले भने, “यसअघिका ५१ प्रतिशत बजेट भौतिक पूर्वाधारमा खर्च हुने गरे पनि अब त्यसो हुँदैन ।” आगामी वैशाख २५ गतेसम्मको बन्दाबन्दीपछि शिक्षण संस्था सञ्चालनबारे निर्णय हुने जानकारी दिए ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि स्थगित भएको एसइई परीक्षा सञ्चालनबारे पनि छलफल भइरहेको उल्लेख गर्दै मन्त्री घिमिरेले परीक्षा केन्द्रको दायरा बढाएर दूरी कायम गरी परीक्षा सञ्चालन गरिने बताए ।

उनले प्रदेशका विद्यालयलाई प्रविधिमैत्री बनाउन ग्रामीण भेगमा इन्टरनेट पहुँचबारे अध्ययन भइरहेको बताए ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ८ : ४६ बजे

‘लेबनान उपकरण विस्फोट अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन’

एजेन्सी– संयुक्त राष्ट्र सङ्घले शुक्रबार लेबनानमा हेजबुल्लाहले प्रयोग गर्ने सञ्चार

घटस्थापना अगाडि सडक मर्मत गरिसक्न निर्देशन

काठमाडौं– तिहार र छठ पर्वमा यात्रुलाई सहज रुपमा गन्तव्यस्थलसम्म पुग्नका

मेची भन्सारबाट दुई अर्ब ४२ करोड राजस्व संकलन

भद्रपुर– मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१-८२ को पहिलो

‘वैकल्पिक नेता’का घरझगडा बजारमा छरपस्ट !

काठमाडौं – नेपालको संसदीय राजनीतिमा उदाएका नयाँ दलहरू हुन्– राष्ट्रिय स्वतन्त्र

जलवायु न्यायको माग गर्दै युवाहरुको र्‍याली (तस्बिरहरू)

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स