नेपालगन्जमा एकै पटक धेरै सङ्क्रमित भेटिनुको कारण « Khabarhub

नेपालगन्जमा एकै पटक धेरै सङ्क्रमित भेटिनुको कारण


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या कम हुने र लकडाउन खुकुलो हुँदै जाने अनुमान सर्वसाधारले व्यक्त गरिरहँदा आइतबार नेपालगञ्जमा एकै दिन १५ जना संक्रमित पुष्टि भए ।

एकै दिन दोहोरो संख्यामा यति धेरै संक्रमित कसरी फेला परेभन्ने प्रश्न धेरैले गरेका छन् । यससँगै कोरोना संक्रमितको संख्या अझै बढ्ने त होइन भन्ने त्रासमा आम नागरिक रहेका छन् ।

भेरी अस्पताल नेपालगन्जका प्रमुख डा प्रकाश थापाका अनुसार शङ्काको आधारमा परीक्षणको दायरा बढाउँदै जाँदा पछिल्ला सङ्क्रमित फेला परेका हुन् ।

उनका अनुसार बाँकेमा नमुना परीक्षण गर्न ढिलो हुँदा एक्कासी धेरै सङ्क्रमित देखिएका हुन्।

नेपालगन्जमा गत शुक्रवार एक ६० वर्षीय पुरुषमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएसँगै उनीसँग सम्पर्कमा रहेका अन्य व्यक्तिको पहिचान गरेर परीक्षण गर्न सजिलो भएको थापाको भनाइ छ।

उनले भने, ‘पुराना सङ्क्रमितको समयमै पहिचान हुन नसक्दा नेपालगञ्जमा सङ्क्रमितहरू ह्वात्तै बढेको देखिएको हो, परीक्षणको दायरा बढाउँदै जाँदा अझै धेरै पत्ता लाग्न सक्छन्।’

प्रशासनले लकडाउनको पालना गराउन अनेक प्रयास गरे पनि स्थानीय बासिन्दाले नटेरेका कारण नेपालगन्जमा मानिसको चहलपहल बढी देखिएको नेपालगन्ज उमहानगरपालीकाकी उपप्रमुख उमा थापाको भनाइ छ।

वैशाख ७ गतेदेखि भेरी अस्पतालमा पीसीआर उपकरण सञ्चालनमा आएपछि परीक्षणको दायरा बढाइएको थियो।

एक दिनमा बिहान ८ बजेदेखि राति १२ बजेसम्म १०० वटा नमुना परीक्षण गर्न सकिने भए पनि जनशक्तिको अभावमा पूर्ण क्षमताअनुसार परिक्षण गर्न नसकिएको डा। थापाले बताए।

धार्मिक कार्यक्रममा सहभागीता

भारतको राजधानी दिल्लीस्थित तबलिगी जमातको कार्यक्रममा सहभागी भएर नेपालगन्ज फर्किएका तीन जनाको पहिचान भएपछि विभिन्न धर्मगुरुको पनि परीक्षण गरिएको मौलाना अब्दुल जब्बार मञ्जरीले जानकारी दिए। त्यसै क्रममा शुक्रवार पहिलो सङ्क्रमण पुष्टि भएको हो।

‘रमजान पर्व चलिरहँदा नेपालगन्जका मुस्लिम समुदाय आ(आफ्नै घरमा नमाज पढिरहेको भए पनि शुक्रवार अर्थात् जुमाको दिन उक्त धर्मको नियमअनुसार सामूहिक नमाज पढ्नुपर्ने भएकाले बढीमा चार जना जम्मा भएर नमाज पढ्दै आएको थिए ।

कोरोनाभाइरस प्रभावित देशबाट आएका व्यक्तिहरू आफै स्वास्थ्यसंस्थाको सम्पर्कमा नआउँदा प्रशासनले खोज्नुपर्ने अवस्था रहेको बाँकेका प्रमुख जिल्ला अधिकारीको भनाइ छ ।

‘यो समस्या देशभरि नै छ,’ बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले भने, ‘जबसम्म त्यस्ता व्यक्तिहरू आफैँ सम्पर्कमा आउँदैनन् तबसम्म सङ्क्रमित पत्ता लगाउन समस्या हुन्छ।’

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ९ : ४३ बजे

नेपाली कांग्रेस महाधिवेशन : सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना अन्तिम तयारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत भइरहेको मतगणनाको क्रममा

सलमान खानले सुरु गरे आफ्नै युट्युब च्यानल

काठमाडौं– पर्दामा एक्सन, रोमान्स र दमदार संवादका लागि चिनिने बलिउड

बुढीगण्डकी बाढी : ५ जना सम्पर्कविहीन, ४७ जनाको हेलिकोप्टरबाट उद्धार

काठमाडौं– बुढीगण्डकी नदीमा आइतबार बिहान आएको बाढीले ठूलो क्षति पुर्‍याएको

बूढीगण्डकीमा बाढी : ४७ जनाको उद्धार, ५ जना सम्पर्कविहीन

काठमाडौँ – गोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पादेखि चुम्लिङको बीचमा ठूलो पहिरो

बूढीगण्डकी बाढीमा फसेकाको हेलिकोप्टरमार्फत उद्धार

गोरखा– बूढीगण्डकी नदीमा आएको बाढीमा परेर अलपत्र परेकाहरूको हेलिकोप्टरमार्फत उद्धार गरिएको