कर्णाली प्रदेशलाई १ हप्ताका लागि पूर्ण सिल गरिने « Khabarhub

कर्णाली प्रदेशलाई १ हप्ताका लागि पूर्ण सिल गरिने


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर– कर्णाली प्रदेशको प्रदेश विपद् व्यवस्थापन परिषदले १ हप्ताका लागि सम्पूर्ण प्रदेश सिल गर्ने निर्णय गरेको छ ।

छिमेकी प्रदेशहरु प्रदेश नम्बर ५ र सुदूरपश्चिममा कोरोना संक्रमितहरु देखिएपछि परिषदले १ हप्ताका लागि सम्पूर्ण प्रदेश नै सिल गर्ने निर्णय गरेको हो ।

सोमबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश विपद व्यवस्थापन परिषदको बैठकले १ हप्ताका लागि प्रदेश सिल गर्ने निर्णय गरेको हो ।

कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार परिषदले गरेको निर्णय तत्काल लागू हुने जनाएको छ ।

परिषदको बैठकले प्रदेशभर २५ ठाउँमा स्वास्थ्यकर्मीको टोली खटाउने निर्णय समेत गरेको छ ।

स्वास्थ्यकर्मीहरुको टोली प्रदेशभरका प्रमुख बजार (जिल्ला सदरमुकामसहित) र स्थानीय तहका केन्द्रमा खटाइने छ ।

नाकाहरु पूर्ण रुपमा बन्द गर्ने तथा अत्यावश्यक औषधि बोकेका सवारी साधन र एम्बुलेन्सलाई मात्रै प्रवेश गर्न दिइने निर्णय भएको मुख्यमन्त्री शाहीका प्रेस सल्लाहकार ध्रुव बुढाथोकीले जानकारी दिएका छन् ।

पछिल्लो समय कर्णाली प्रदेशको छिमेकी प्रदेश नम्बर ५ को बाँकेमा कोरोना संक्रमितहरु बढेका छन् ।

एकैदिन १५ सहित प्रदेश नम्बर ५ को बाँके (नेपालगञ्ज)मा १६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

नेपालगञ्जमा कोरोना संक्रमितहरु भेटिएपछि बाँके र बर्दियामा बस्दै आएका कर्णाली घर भएका नागरिकहरु घर फर्किने तयारीमा थिए ।

केही स्थानीय तहले नेपालगञ्ज, बर्दिया लगायत क्षेत्रमा रहेका नागरिकहरुलाई बस रिजर्भ गरेर उद्दार गर्न थालेपछि प्रदेश सरकारले सम्पूर्ण नाका बन्द गर्ने गरी सम्पूर्ण प्रदेश सिल गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ५ : १६ बजे

चाडपर्वमा सुरक्षाका लागि मकवानपुरमा ६३६ प्रहरी परिचालन

हेटौँडा– जिल्ला प्रहरी कार्यालय मकवानपुरले बडादसैँ, दीपावली, नेपाल संवत् र

नेपाली कांग्रेस महाधिवेशन : सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना अन्तिम तयारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत भइरहेको मतगणनाको क्रममा

सलमान खानले सुरु गरे आफ्नै युट्युब च्यानल

काठमाडौं– पर्दामा एक्सन, रोमान्स र दमदार संवादका लागि चिनिने बलिउड

बुढीगण्डकी बाढी : ५ जना सम्पर्कविहीन, ४७ जनाको हेलिकोप्टरबाट उद्धार

काठमाडौं– बुढीगण्डकी नदीमा आइतबार बिहान आएको बाढीले ठूलो क्षति पुर्‍याएको

बूढीगण्डकीमा बाढी : ४७ जनाको उद्धार, ५ जना सम्पर्कविहीन

काठमाडौँ – गोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पादेखि चुम्लिङको बीचमा ठूलो पहिरो