शरीरमा किटनाशक छर्केर कोरोना भाइरसमुक्त भइँदैन– स्वास्थ्य मन्त्रालय « Khabarhub

शरीरमा किटनाशक छर्केर कोरोना भाइरसमुक्त भइँदैन– स्वास्थ्य मन्त्रालय


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले मानिसको शरीरमा छर्किने किटनाशक रसायनले मानिसलाई कोरोना भाइरसमुक्त गराउन नसक्ने बताएका छन् ।

सोमबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा देवकोटाले मानिसको शरीरमा किटनाशक झोल प्रयोग गरेर कोरोना भाइरस नष्ट नहुने बताएका हुन् ।

डाक्टर देवकोटाका अनुसार सोडियम हाइड्रोक्लोराइ र क्लोरिनको झोल पानीमा मिसायर शरीरमा छर्किँदा कोरोना भाइरस मर्दैन । कोरोना भाइरस मानिसको शरीरभित्र कोषमा हुने भएकाले शरीरमा किटनाशक झोल स्प्रे गर्नु स्वास्थ्यका लागि हानिकारण हुने देवकोटाले बताए ।

उक्त किटनाशक रसायनले आँखा, मुख नाकमा असर गर्ने र त्यसको गलत प्रयोगले श्वासप्रश्वाससम्बन्धी समस्या आउने डा देवकोटाको भनाइ छ । उनका अनुसार रसायनहरुलाई सही तरिकाले मिश्रण गरी कोरोना संक्रमित क्षेत्रमा भूइँ, सवारीसाधान, मानिसले प्रयोग गर्ने वस्तुहरुमा भने प्रयोग गर्न सकिन्छ ।

किटनाशक रसायन स्प्रे गर्दा बाहिरी शतहमा रहेको कोरोना भाइरस मात्र नष्ट गर्न सकिने भएकाले मानिसले कोरोना संक्रमणबाट बच्न साबुनपानीले हात धुनु नै उपयुक्त हुने डा देवकोटाले बताए ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ५ : ३० बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग