कञ्चनपुरमा ४३ योजनालाई काम गर्ने अनुमति | Khabarhub Khabarhub

कञ्चनपुरमा ४३ योजनालाई काम गर्ने अनुमति


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– कञ्चनपुरमा बन्दाबन्दी(लकडाउन)का बेला यहाँका विकास निर्माणका कामलाई सावधानी अपनाएर अघि बढाउन स्थानीय प्रशासनले ४३ योजनालाई अनुमति दिएको छ । कोरोना भाइरसका नियन्त्रणका लागि लकडाउन गरिएपछि यहाँका विकास निर्माणको काम ठप्प रहेको थियो ।

लकडाउनको अवधि लम्बिने भएपछि जिल्ला प्रशासन कार्यालयले केही दिनयता साना, मझौला र ठूला गरी निर्माणका कामलाई अनुमति दिएको हो । कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले यहाँको महाकाली पुल, महाकाली सिँचाइ तेस्रो चरण, हुलाकी राजमार्ग, विभिन्न पुल–पुलेसा, कल्भर्ट, सडक तटबन्धलगायतका योजनालाई काम गर्न अनुमति दिएको जानकारी दिए ।

निर्माणस्थलमा सामाजिक दूरी, मजदूरहरुको सुरक्षा सर्तकतालगायतका विषयमा समेत अनुगमन गरिने बताइएको छ । उनले भने, ‘केही समयअघि क्वारेन्टाइनबाट २९ जना भारतीय मजदूरलाई पनि महाकाली पुलको काममा लगाइएको छ ।’ यता निर्माण व्यवसायीहरुले भने काम गर्नै अनुमति दिए पनि निर्माण सामग्री अभाव रहेको दुखेसो पोखेका छन् ।

कञ्चनपुर निर्माण व्यवसायी सङ्घका सचिव योगेन्द्र ठकुराठीले भन्नुभयो, ‘गिट्टी र बालुवाले मात्रै काम हुने कुरो भएन ।’ निर्माण सामग्रीहरु बजारमा नहुनुका साथै भारतीय बजारबाट विगतमा आउने गरेको उनको भनाइ छ । ‘सरकारले खोले पनि बजारलाई खुकुलो बनाउने विषयमा पनि पहल गर्नुपर्छ,’ उनले भने, ‘अहिले ठेकेदारहरु आफूसित बाँकी रहेको सामान प्रयोग गर्दैछन् ।’

सरकारले लकडाउनका बेला ठूला योजना निर्माणका लागि भौतिक दूरी कायम गर्नुपर्ने, निर्माणमा खटिएका मजदूरको दैनिक नियमित ज्वरो मापन गर्नुपर्ने, सुरक्षा सावधानी अपनाउनुपर्ने र निर्माणस्थलमा एम्बुलेन्स सेवासमेत व्यवस्था गर्नुपर्नेलगायतको मापदण्ड जारी गरेको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ६ : २१ बजे

रेलमार्ग निर्माणको परियोजनाबाट पछाडि नहट्ने पूर्वाधारमन्त्रीको प्रतिबद्धता

झापा– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले प्रस्तावित पूर्वपश्चिम विद्युतीय

बाँकेमा ३२ प्रजातिका हिउँदे आगन्तुक जलचर चरा भेटिए

जानकी– जिल्लामा यो वर्ष ३२ प्रजातिका हिउँदे आगन्तुक जलचर चरा

पाथीभरामा केबलकारविरुद्ध झापामा प्रदर्शन- झडपपछि हानियो अश्रुग्यास, तीनजना पक्राउ

झापा- ताप्लेजुङस्थित मुक्कुम्लुङ संरक्षण तथा केबुलकार खारेजी अन्तरदलीय संघर्ष समितिको

घरेलु भूमिमा नेपालको लगातार तेस्रो हार, सिरिजबाट बाहिरियो

काठमाडौं‍- ब्याटिङमा चुकेको नेपालले अन्तर्राष्ट्रिय टी–ट्वान्टी शृङ्खलामा लगातार तेस्रो हार

तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी प्रतिवेदन पेस

काठमाडौं- राष्ट्रियसभाको आजको बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी