कञ्चनपुरमा ४३ योजनालाई काम गर्ने अनुमति « Khabarhub

कञ्चनपुरमा ४३ योजनालाई काम गर्ने अनुमति


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– कञ्चनपुरमा बन्दाबन्दी(लकडाउन)का बेला यहाँका विकास निर्माणका कामलाई सावधानी अपनाएर अघि बढाउन स्थानीय प्रशासनले ४३ योजनालाई अनुमति दिएको छ । कोरोना भाइरसका नियन्त्रणका लागि लकडाउन गरिएपछि यहाँका विकास निर्माणको काम ठप्प रहेको थियो ।

लकडाउनको अवधि लम्बिने भएपछि जिल्ला प्रशासन कार्यालयले केही दिनयता साना, मझौला र ठूला गरी निर्माणका कामलाई अनुमति दिएको हो । कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले यहाँको महाकाली पुल, महाकाली सिँचाइ तेस्रो चरण, हुलाकी राजमार्ग, विभिन्न पुल–पुलेसा, कल्भर्ट, सडक तटबन्धलगायतका योजनालाई काम गर्न अनुमति दिएको जानकारी दिए ।

निर्माणस्थलमा सामाजिक दूरी, मजदूरहरुको सुरक्षा सर्तकतालगायतका विषयमा समेत अनुगमन गरिने बताइएको छ । उनले भने, ‘केही समयअघि क्वारेन्टाइनबाट २९ जना भारतीय मजदूरलाई पनि महाकाली पुलको काममा लगाइएको छ ।’ यता निर्माण व्यवसायीहरुले भने काम गर्नै अनुमति दिए पनि निर्माण सामग्री अभाव रहेको दुखेसो पोखेका छन् ।

कञ्चनपुर निर्माण व्यवसायी सङ्घका सचिव योगेन्द्र ठकुराठीले भन्नुभयो, ‘गिट्टी र बालुवाले मात्रै काम हुने कुरो भएन ।’ निर्माण सामग्रीहरु बजारमा नहुनुका साथै भारतीय बजारबाट विगतमा आउने गरेको उनको भनाइ छ । ‘सरकारले खोले पनि बजारलाई खुकुलो बनाउने विषयमा पनि पहल गर्नुपर्छ,’ उनले भने, ‘अहिले ठेकेदारहरु आफूसित बाँकी रहेको सामान प्रयोग गर्दैछन् ।’

सरकारले लकडाउनका बेला ठूला योजना निर्माणका लागि भौतिक दूरी कायम गर्नुपर्ने, निर्माणमा खटिएका मजदूरको दैनिक नियमित ज्वरो मापन गर्नुपर्ने, सुरक्षा सावधानी अपनाउनुपर्ने र निर्माणस्थलमा एम्बुलेन्स सेवासमेत व्यवस्था गर्नुपर्नेलगायतको मापदण्ड जारी गरेको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ६ : २१ बजे

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ – भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

बाणगङ्गा नदीमा फसेका एक बालकको उद्धार, एक जना अझै बेपत्ता

कपिलवस्तु – बाणगङ्गा नदीमा गएको बाढीका कारण नदीको बीचमा रहेको

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)को उपाधि अन्नपूर्ण