रुपन्देहीमा ‘किट’ अभाव भएपछि कोरोना भाइरसको परीक्षण रोकियो « Khabarhub

रुपन्देहीमा ‘किट’ अभाव भएपछि कोरोना भाइरसको परीक्षण रोकियो


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही – कोरोना संक्रमित भेटिएको पर्सिपल्ट नै रुपन्देहीस्थित प्रादेशिक प्रयोगशालामा कोरोना भाईरसको नमूना परीक्षण गर्ने किट र केमिकल सकिएको छ ।

‘किट’ र केमिकलको अभाव हुँदा थप नमूना परीक्षण रोकिएको छ भने संघीय सरकारसँग माग गरी पठाएको किट र केमिकल समयमै नआउदा समस्या उत्पन्न भएको छ ।

‘किट’ अभाव हुँदा आजदेखि परिक्षण वन्द भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र कुमार गिरीले जानकारी दिए ।

प्रयोगशालामा ‘किट’ अभाव भएपछि परीक्षणका लागि आएकाहरुको स्वाब संकलन गरी काठमाडौं पठाउन थालिएको डा. गिरीले बताए ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालामा आरडीटी र पीसीआर दुबै विधिबाट परीक्षण हुँदै आएको थियो ।

थ्रोट स्वाबको नमूना संकलन गरेपछि त्यसको प्रोसेसिङका लागि आवश्यक पर्ने ‘किट’ र केमिकल अभावले परीक्षण प्रभावित भएको हो ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ८ : ३९ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग